कञ्चनपुर

जननेता विपी कोईरालाको विचार नीति काँग्रेसले पनि पालना नगरेका कारण देशमा भाँडभैलो मच्चिरहेको नागरिक अगुवाले बताएका छन । बिहीबार महेन्द्रनगरमा नागरिक जागरण यात्राले विपीको विचार विषयक गोष्ठीमा सहभागि नागरिक अगुवाले विपीले अघि सारेका विचार र नीति काँग्रेसले पालना नगरेको बताएका हुन । नागरिक अभियन्ता कृष्णनन्द भट्टले विपीका विचारलाई स्वय काँग्रेसले समेत पालना गरेर अरुले गर्ने कुरै भएन भन्दै कटाक्ष गरे । विचार आत्मसाथ नगर्दा सनातन धर्मसंस्कृति र राष्ट्रियता कमजोर परेको चित्रण गरे ।

नागरिक जागरण यात्राका संयोजक चक्र्रदेव जोशीले पनि विपीलाई सम्झिदै विपी भएकाले भए देश र जनताको यस्तो बेहाल नहुने तर्क राखे । ‘काँग्रेस प्रचण्डको शरणमा पुग्यो, ‘उनले भने, ‘‘काँग्रेसले विपीको विचार आत्मसाथ गरेन’ आफुले काँग्रेसमा विपी र कम्यूनिष्टमा मनमोहन जस्तो राष्ट्रवादी नेता नै नदेखेको बताए । काँग्रेस बेदकोटकी नेतृ तुलसी जोशीले विपीले देखाएको मार्गमा हिडन नसक्नु विडम्बना भएको बताईन । भीमदत्त नगरका उपप्रमुख शुशिला चन्द(सिह)को प्रमुख आथित्यमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका नागरिक अगुवाको सहभागिता रहेको थियो ।







