वेदकोट नगरपालिकाको मुख्य बजार दैजीमा खुल्यो शिशिर पोलिक्लिनिक

विश्वव्यापी रुपमा फैलिएको महामारीमा अर्थतन्त्र नै खस्किएको बेला ६५ लाखको लागतमा जनताका सेवाका लागि दैजिमा खुल्यो डायग्नोष्टिक सेन्टर


कञ्चनपुर,
कञ्चनपुर जिल्ला स्थित बेदकोट नगरपालिको मुख्य बजार दैजिमा स्वास्थ्य लाई मध्यनजर गर्दै सुविधासम्पन्न शिशिर पोलिक्लिनिक एवम् डायग्नोस्टिक सेन्टर खुल्योको छ।
बुधबार बेदकोट नगरपालिका नगर प्रमुख अशोक कुमार चन्द द्वारा उक्त पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टरको उद्धघाटन गर्नु भएको थियो। दैजी बजार क्षेत्रमा एस्तो महत्त्वपूर्ण अस्पतालका रुपमा छिटै बनाउनका लागि नगरपालिकाको तर्फबाट सधै सहयोग समेत रहने प्रमुख अतिथि नगरप्रमुख चन्दले बताउनु भो। उनले आगामी दिनमा पालिका भित्रका जनतालाई मात्र सुविधा नभएर जिल्ला विभिन्न पालिका देखि लिएर छिमेकी जिल्ला लाई समेत सुविधा पुग्ने बताए।जनताका सेवा दिनका लागि अहिले यो सुरुवाती चरणमा पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर ६५ लाखको लागतमा संचालनमा ल्याएको र आगामी दिनमा स्थानीय सरकार लगायत सम्पुर्ण संघसंस्था लगायत जनताको सात सहयोग रह्यो भने एक वर्ष भित्र नै हस्पिटल प्रा.लि को रुपमा समेत रुपान्तरण वा परिणत गरिने संचालक मनोज सिंह महराले बताउनु भो। उनका अनुसार अहिले एक्सरे,भिडियो एक्सरेका साथ ल्याबका सम्पुर्ण टेस्ट समेत गर्ने सुबिधा रहेको छविश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड- १९ कोरोना भाइरसको विषम परिस्थितिमा पनि एउटा सुविधा सम्पन्न पोलिक्लिनिक खुल्दा सेवाग्राहीले निकै लाभान्वित हुने छन् ।

ताजा समाचार

spot_img