कञ्चनपुर
सहयात्रा नेपालको आयोजना र यु एस ए आइ डी साझेदारी संङ्घियता सहयोग कार्यक्रमको सहयोगमा दुई दिने समावेशी नेतृत्वको पाइला नामक रचात्मक तालिम सम्पन भएको छ । नागरिक संलग्नता प्रवर्दनका लागी क्षमता अभिबृद्धिको उदेश्यका साथ सहयात्रा नेपाल संस्थामा आवबद्ध भएका व्यक्तिहरुलाई दूई दिने तालिम आयोजना गरिएको थियो ।

सहयात्रा नोपल संस्था यौनीक अल्पसंख्यक व्यक्तिहरुले निमार्ण गरेको संस्था हो । यस दुई दिने तालिमको सुरुवात एउटा कुसल नेतृत्व कसरी चयन गर्ने वा समाबेसि कसरी गर्न सकिन्छ भन्ने सन्देश सहितको खेलद्वारा तालिमको सुरुवात गरिएको थियो साथै समावेशी नेतृत्व विकासका ४ प्रमुख क्षेत्रहरु, समावेशी नेतृत्वबारे हाम्रो साझा बुझाई, समावेशी नेतृत्वका गुणहरु, लैगिंक तथा सामाजिक समावेशिताका लागि नेतृत्व किन आवश्यक, भन्ने बारे जानकारी गराईएको थियो ।

कार्यक्रममा लैंंंिगक रुपान्तरण पद्धति, सशक्तिकरण लागि जोड दिनुपर्ने र परिवर्तनका तीन क्षेत्रहरू, मूलप्रवाहकिरणका लागि नेतृत्वले जोड दिनु पर्ने सवालहरु, समूह शुसासन र संस्थागत विकास, समूह विकासका चरणहरु, निर्माणको अवस्था, जागरणको अवस्था, विधान निर्माणको अवस्था, कार्यगत अवस्था, विलौनाको अवस्था, व्यवस्थापन प्रभावकारिताका लागि चाहिने गुणहरु आदि विभिन्न शिर्षक राखि दुई दिनको तालिम गरिएको थियो।

कार्यक्रमको सहजीकरण यु.एस.ए.आइ.डी साझेदारी संङ्घियता सहयोगमा नागरिक संगलग्नता संयोजक देव राज बडुले गर्नु भएको थियो भने कार्यक्रममा १० जना सहभागीता रहेको थियो।
