कञ्चनपुर,
विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड- १९ कोरोना भाइरसको विषम परिस्थितिलाई मध्यनजर गर्दै कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेका दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरु लाई खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरिएको छ।
राष्ट्रिय दृष्टिविहिन संघ नेपालकाे अयाेजना एवं एबिलिस फाउन्डेसनको आर्थिक सहयाेगमा कञ्चनपुर जिल्लाको दक्षिणी भेगका तीन वटा पालिका बेलडाँडी गाउँपालिकामा १०,बेलौरी नगरपालिका २५ जना मध्य वडा न. २ का एउटै घरका ५ जना दृष्टिविहीन अपाङ्गता भएका व्यक्ति र पुनर्वास नगरपालिकामा १५ जना गरि जम्मा ५० जना लाई जनप्रतिनिधिको सहभागितामा खाद्यान्न तथा राहत वितरण गरिएको संस्था सचिव जीवन कुमार भट्टले बताएका छन् ।

उनका अनुसार केही दिन अगाडि पुस १० गते भिमदत्त ,बेदकाेट ,शुक्लाफाटा र कृष्णपुर नगरपालिका मा रहेका ४० जना लाई कोरोना बाट उच्च प्रभावित दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुलाइ केही दिन अगाडि खाद्य समग्री तथा सरसफाइ स्वास्थ्य सामग्री एक कार्यक्रमको आयोजना गरि यहि पुष १० गते शुक्रबार बितरण गरिएको थियो।