प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका सबै सेवा सुचारु


दोधारा 

माहाकाली नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको सबै सेवा सुचारु गरिएको छ् । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका केही स्वास्थ्यकर्मीमा कोरोना संक्रमण फेला परेको बिषयमा आकस्मीत सेवा र प्रसुती सेवा बाहेक सबै सेवा बन्द गरिएको थियो । संक्रमण देखिएका स्वास्थ्यकर्मीहरु आईसोलेशन रहेका र अरु स्वास्थ्यकर्मीबाट सेवा सुचारु गर्ने भएको कारण सबै सेवा खुल्ला गरिएको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले जनाएको छ् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा सबै सेवाहरु खुल्ला रहेको माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जनाएका छन् । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएका कारण एक दिनको लागी आकस्मीत सेवा र प्रसुती सेवा बाहेक सबै सेवा बन्द गरिएको उनले बताए । संक्रमण देखिएका स्वास्थ्यकर्मीहरुलाई माहाकाली नगरपालिका कार्यालयले तोकेको आइसोलेशनमा रहेका र अन्य स्वास्थ्यकर्मीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा दिन खटाईएको माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले एक बिज्ञप्ती जारी गरि सबै सेवा सुचारु गरिएको जानकारी गराएको छ् । ‘प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएकोले केही दिन यस संस्थाले दिनु पर्ने सेवाहरुमा अबरोध आएको जानकारी सबैमा छ् । तसर्थ बिरामी सेवाग्राही प्रतिको सेवालाई मध्यनजर गर्दै भोली मिति २०७७÷०९÷१३ गते देखि यस प्राथमिक स्वास्थ्य केन्द्रको सबै सेवा सुरुचारु गर्ने निर्णय गरेका छौं । साथै सेवाग्रहीलाई अनिवार्यरुपमा मास्क प्रयोग गर्नुको साथै स्वास्थ्यका सम्पुर्ण मापदण्ड पालना गर्न अनुरोध गरिन्छ्’ प्राथमिक स्वास्थ्य केन्द्र दोधाराद्धारा जारी बिज्ञप्तीमा भनिएको छ् ।


ताजा समाचार

spot_img