बिद्यालय स्तरमा मानव बेचबिखन बिरुद्ध सचेतना फैलाउदै माईती नेपाल


दोधारा

मानव बेचबिखन बिरुद्ध जनचेतना फैलाउनको लागी माईती नेपाल कञ्चनपुरले कञ्चनपुरमा बिभिन्न कार्यक्रम संचालन गर्दै आएको छ् । माईती नेपाल कञ्चनपुरले विद्यालयका विद्यार्थी लक्षित विभिन्न गतिविधी समेत सञ्चालनमा ल्याउदै आएको हो । आज माहाकाली नगरपालिकाको नेपाल–भारत सिमा बस्तीको बिद्यालयका छात्राहरुलाई एक दिने मानव बेचबिखन तथा व्यसायीक बाल यौन शोषण बिरुद्ध अनुशिक्षण संचालन गरिएको माईती नेपाल कञ्चनपुरका संयोग महेश्वरी भट्टले जानकारी दिएका छन् । माहाकाली नगरपालिका वडा नं. ८, नेपाल–भारत सिमा नजिक जनज्योती माध्यमिक बिद्यालयमा छात्राहरुलाई मानव बेचबिखन तथा व्यसायीक बाल यौन शोषण बिरुद्ध अनुशिक्षण गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् ।

माईती नेपाल कञ्चनपुरको आयोजना र जनज्योती माध्यमिक बिद्यालयको सहकार्यमा आयोजना गरिएको बताईएको छ् । ‘हाम्रो आवाज ः चेलीबेटी बेचबिखनबाट मुक्त समाज’ भन्ने नाराका साथ जनज्योती माध्यमिक बिद्यालयमा रहेका कक्षा ८, ९ र १० का २० जना छात्राहरुलाई मानव बेचबिखन तथा व्यसायीक बाल यौन शोषण बिरुद्ध अनुशिक्षण गरिएको हो । विद्यार्थीलाई श्रव्य र दृश्य सामग्रीहरु मार्फत मानव बेचविखनको अवस्था, कारण, दलालहरुले अपनाउने तौरतरिका, सम्पर्क स्थानहरु, कानुनी व्यवस्था, बैदेशिक रोजगार, सुरक्षीत वसाईसराई र मानव बेचविखन विरुद्ध विद्यार्थीको भुमिका लगाएतको वारेमा अनुशिक्षण गरीएको माईती नेपाल कञ्चनपुरले जनाएको छ् । अनुशिक्षण कार्यक्रममा विद्यार्थीद्वारा मानव बेचबिखन बिरुद्ध सक्रिय रहि कार्य गर्ने गरि व्यक्तीगत र सामुहिक रुपमा गर्न सकिने कार्यहरु सहितको प्रतिबद्धता जनाएको अनुशिक्षणमा सहभागी एक छात्रा हिमानी सुनारले बताएका छन् ।

व्यक्तिगत तवरबाट गर्न सकिने कार्यहरुमा आफु सचेत रहि परिवार र साथीहरु सबैलाई सचेतना फैलाउने शंकाष्पद व्यक्तिहरु र जोखिममा रहेका व्यक्तिहरुको बारेमा निगरानी राख्ने परामर्श दिने र आवश्यकता अनुसार सम्बन्धित निकाय संग समन्वय गर्ने साथै पीडित प्रभावितलाई आवश्यक सहयोग र परामर्श प्रदान गर्ने, चोक चौतारा पसलहरु समेतमा मानव बेचविखन विरुद्ध छलफल एवम् बहस संचालन गर्ने लगाएतका कुराहरु कार्यक्रममा सिक्न पाएको छात्रा हिमानी सुनारले बताएका छन् । जनज्योती माध्यमिक बिद्यालयका प्रअ श्रीनाथ बरालले मानव बेचबिखन मानव जातीको लागी अभिसाप भएको कार्यक्रममा बताएका छन् । मानव बेचबिखन बिरुद्ध बिभिन्न तरिकाले रोकथाम एवम् जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएको माईती नेपालले यस्ता खालका कार्यक्रमले बिद्यालय र बिद्यार्थी समेतमा यसका बारेमा चाँसो र सरोकार बृद्धि भई समुदाय स्तर सम्म सुचना प्रभाव गर्ने तथा मानव बेचबिखन बिरुद्ध सबैको क्रियाशिलता बृदि हुने हुदा यस्ता खालका कार्यक्रम निकै उपलब्धीमुलक रहेको प्रअ श्रीनाथ बरालले बताएका छन् । आफ्नो बिद्यालयमा मानव बेचबिखन तथा व्यसायीक बाल यौन शोषण बिरुद्ध अनुशिक्षण संचालन गरेकोमा माईती नेपालको पुरै टिमलाई धन्यबाद दिदै आगामी दिनहरुमा समेत यस्ता खाले कार्यक्रम संचालनको माईती नेपाललाई अनुरोध गरेका छन् ।

आर्थिक अवस्थाका साथै चेतना अभावका कारण अझैं पनि देश भित्र र बाहिर मानव बेचविखन भईरहेकोमा चिन्ता व्यक्त गर्दै मानव बेचविखनको पुर्ण अन्त्यका सबै एक जुट हुन समेत उनले आह्वान गरेका छन् । कार्यक्रममा माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले मानव बेचबिखन तथा व्यसायीक बाल यौन शोषण बिरुद्धमा सहजीकरण गरेका थिए । सहजीकरणमा माईती नेपालको परिचय, महिला तथा किशोरीहरुलाई मानव बेचबिखन, लैगिंक हिंसा, कोरोना भाइरस (कोभिड—१९) र व्यावसायिक बाल यौन शोषणका बारेमा प्रशिक्षण गरिएको कार्यक्रमका अर्का सहभागी छात्रा शान्ती धनाडीले बताएका छन् । कार्यक्रममा मानव बेचबिखन तथा व्यसायीक बाल यौन शोषण बिरुद्ध प्रश्नावलीमा छात्राहरुलाई पुरुस्कृत समेत गरिएको छ् । शारदा सरस्वती माबि, बैजनाथ माबि, जानकी कन्या माबि र भृकुटी माबिका छात्राहरुलाई मानव बेचबिखन तथा व्यसायीक बाल यौन शोषण बिरुद्ध अनुशिक्षण गरेको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।


ताजा समाचार

spot_img