कञ्चनपुर

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको समावेसी सामुदायिक वनमा वन्यजन्तु चोरीशिकारी भईरहेको छ । कृष्णपुर नगरपालिका ३कटानमा रहेको समावेसी सामुदायिक वनमा वन्यजन्तुको चोरीशिकारी भईरहेको हो । समावेसी सामुदायिक वनकै अध्यक्ष हरिराम चौधरी नेतृत्वको टोलीले गयरात बदेकको मासु सहित बरामद गरेको घटनाले सो वनमा व्यापक वन्यजन्तुको चोरीतस्करी भईरहेको पाईन्छ ।

सामुदायिक वनमा अध्यक्ष चौधरीले आफुले वनभित्र वन्यजन्तु मारेर मासु काटेर भाग हालेको फेला परेको बताए । स्थानीयले सामुदायिक वनकै जिम्मेबारी व्यक्तिबाट वनमा वन्यजन्तुको शिकार हुने गरेको दावि गर्दै घटनाको छानबिनको माग अघि सारेका छन । अहिले मासु काटेर खाने व्यक्ति समुहले भोली अझै वन र वन्यजन्तु चोरी तस्करी गर्ने भएकाले नियन्त्रणको माग अघि सारिएका छन ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले सामुदायिक वनबाट बरामद गरिएको वन्यजन्तुको मासुका विषय अनुसन्धान हुने र दोषि उपर कार्बाही हुने बताए । प्रवक्ता अवस्थीले वन्यजन्तु सरक्षण ऐन अन्र्तरगत संलग्नलाई कार्बाही हुनेछ ।
