दोधारा

माहाकाली नगरपालिकामा अनिश्चितकालिन बिद्यालयहरु बन्द गर्ने निर्णय गरिएको छ् । माहाकाली नगरपालिका नगर कार्यपालिकाको आज बसेका बैठकले कोरोना संक्रमण समुदाय स्तरमा बढ्दै गएको अवस्थालाई मध्यनजर राख्दै अनिश्चितकालिन माहाकाली नगरपालिकामा रहेका सामुदायिक र संस्थागत बिद्यालय बन्द गर्ने निर्णय गरेको माहाकाली नगरपालिका कार्यालयले जनाएको छ् ।

माहाकाली नगरपालिका क्षेत्रमा शिक्षक, स्वास्थ्यकर्मी, जनप्रतिनिधी तथा स्थानियहरुलाई कोरोना संक्रमण देखा पर्न थालेपछि बिद्यालय संचालनले असहज बाताबरण श्रजना हुन सक्ने भन्दै अर्को सुचना प्रकाशित नहुञ्जेल बिद्यालय नखोल्ने माहाकाली नगरपालिका कार्यापालिकाको बैठकले निर्णय गरेको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिएका छन् ।

‘अर्को सुचना प्रकाशित नहुञ्जेल सम्म माहाकाली नगरपालिकामा रहेका सामुदायिक र संस्थागत बिद्यालय नखोल्ने निर्णय भएको छ्’ माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले भने । भारतमा कोरानाको संक्रमण बढेको र माहाकाली नगरपालिका भारतका दुई ठुला प्रान्त उत्तर प्रदेश र उत्तराखण्ड संगको खुखा सिमा रहेकोले संक्रमण बढ्न सक्ने खतरा अत्याधिक रहेकाले उच्च सर्तकता अपनाउने पर्ने देखिएको उनको भनाई रहेको छ् ।
