कञ्चनपुर

प्रचण्ड नेपाल समुहले तोडे विकास सिह महता कञ्चनपुर, १२ पुष प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसंगै त्यसको विवाद पार्टी कार्यालयसम्म चुलिएको छ । संसद विघटनसंगै दुई धारमा रहेको नेकपाको विवाद अहिले स्थानीय स्तरमा समेत दिएको हो । आइतबार दिउँसो १२ः३० बजेतिर प्रचण्ड नेपाल समुहको भेला थियो, ओली समुहले गुटको भेला पार्टी कार्यालय गर्न नपाईने भन्दै मुलगेट, कार्यालय र सभा कक्ष तीन ठाँउमा तालाबन्दी गरेका छन । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कञ्चनपुरको पार्टी कार्यालयमा लफडा मच्चिएको छ । मुल गेटमा लगाएको ताला प्रचण्ड नेपाल समुहले तोडिदिएका थिए । कार्यालय र हलमा लगाएको ताला पनि प्रचण्ड नेपाल समुहले तोड्ने प्रयासरत छन । ताला लगाएको, तोड्ने विषयमा दुवै समुहविच विवाद उत्पन्न भएको छ ।

ओली समुहका तर्फबाट नेकपा कञ्चनपुरका युवा नेता राधाकृष्ण जोशी ज्यालाले पार्टीको आधिकारित कार्यक्रम नभएकाले पार्टी कार्यालयमा कार्यक्रम नगर्न आग्रह गरेका छन । ओली समुहका तर्फबाट हालै अनेरास्ववियूको केन्दीय सदस्य भएका कमल रोकायाले पार्टी फुटको संघारमा कुन आधिकारित नहुँदा सम्म कसैले पनि गुटको कार्यक्रम गर्न नहुने भन्दै तालाबन्दी गरेको बताए । ‘अहिले पार्टी विवाद निर्वाचन आयोगमा पुगेको छ, ‘उनले भने, ‘कुन आधिकारिक हो भन्ने बारेमा एकिन भएको छैन, त्यतिन्जेल हामी कुनै पनि कार्यक्रम गर्न दिदैनौँ, पार्टी कब्जा भने गरिएको होईन ।’ ओली समुह प्रंचण्ड नेपाल समुह कञ्चनपुरका युवा विद्यार्थी रमेश पन्तले नेकपा कञ्चनपुरका पार्टी सचिव तालालामा तामाङ्ग सहितको उपस्थितिमा हुने कार्यक्रम गुटको नभई पार्टी कार्यालय सबैको र कार्यालयमा अवरोध गर्नु गैर लोकतान्त्रिक चरित्र भएको बताए ।

‘हामी ताला तोडेरै भएपनि पार्टी कार्यालयमा कार्यक्रम गछौँ, यो पार्टी उनीहरुको पनि हो, हाम्रो पनि हो ।’ जनताको जनमतमाथि अपहरण गरेजस्तै पार्टी कार्यालय कब्जा गर्नु निन्दनिय भएको उनले बताए । नेकपा पार्टी कार्यालयमा दुवै पक्षविचका कार्यकर्ताविच लफडा मच्चिएसंगै स्थानीय प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति बढाएको छ । केन्दको विवाद जिल्लामा चुलिएसंगै नेकपा नेता कार्यकर्ता बाँडिएका छन ।
