कञ्चनपुर

प्रधानमन्त्री केपी शर्मा ओलीको असम्वैधानिक कदम भन्दै जनता समाजवादी पार्टी कञ्चनपुरले मसाल जुलुस प्रर्दशन गरेको छ । जसपा कञ्चनपुरले गयराती महेन्द्रनगरमा प्रधानमन्त्री ओली बिरुद्ध मसाल जुलुस प्रर्दशन गरेको हो ।

जनता समाजवादी पार्टी कञ्चनपुरका युवा नेता अम्बादत्त तिवारीले प्रधानमन्त्रीले जनमतको हत्या गरेको बिरोधमा केन्दीय कार्यक्रम अनुसार मसाल जुलुस प्रर्दशन गरिएको बताए ।त्यसै गरी अर्का युवा नेता लोकेश भट्टले ओलीको कु विरुद्ध आफुहरुले विरोध सरुप राके जुलुस गरेको बताए । यस प्रकारको कुनै पनि असंवैधानि कदम विरुद्ध आफुहरुलाई मान्य नहुने भट्टले बताए ।

जसपा कञ्चनपुरकी महिला नेतृ माया नेगीले प्रधानमन्त्री र राष्ट्रपतिले आफ्नो नितान्त पद जोगाउनका लागि संविधानमै धरापमा राखेर लोकतन्त्र संकटमा परेको बिरोध गरिएको बताए ।
