दोधारा

माहाकाली नगरपालिकामा थप ४ जनामा कोरोना संक्रमण फेला परेको छ् । माहाकाली नगरपालिका २८ वर्षिय महिला, २७, ५९ र ३८ वर्षिय पुरुषमा कोरोना संक्रमण फेला परेको सेती प्रादेशिक अस्पतालले बिज्ञप्ती मार्फत जानकारी दिएको छ् । माहाकाली नगरपालिकामा समुदाय स्तरमा संक्रमण देखा पर्न थालेपछि स्थानियहरुमा त्रास छाएको छ् ।

अझे सम्म शिक्षक, जनप्रतिनिधी, स्वास्थ्यकर्मी तथा स्थानियहरुलाई कोरोना संक्रमण देखा परेको माहाकाली नगरपालिका स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले बताएका छन् । अझै सम्म माहाकाली नगरपालिकामा ९५ जनालाई कोरोना संक्रमण देखा परेको त्यसमध्य अधिकांश निको भएको बताईएको छ् ।

माहाकाली नगरपालिका क्षेत्रमा बजार क्षेत्रमा भिडभाड तथा माहाकाली नगरपालिकाको खुला सिमा क्षेत्रमा आवागमन तथा अबैध समान आयात निर्यातकै थप संक्रमण बढेको स्थानियहरुको भनाई रहेको छ् ।
