दोधारा

कोरोना संक्रमणलाई रोक्न नेपाल संग सीमा जोडिएका भारतीय नाका तथा खुला नाका नेपाल सरकारले सिल गरिएपनि माहाकाली नगरपालिकाको खुला सिमा क्षेत्रमा अबैध आयात निर्यात तथा आवागमनमा रोकिएको छैन् । माहाकाली नगरपालिकाको खुला सीमा क्षेत्रमा रातीको समयमा तस्करी समेत मौलाउदै आएको स्थानियहरुले बताउदै आएका छन् । दिनभर सिमा क्षेत्र सिल भनिएको ठुलो मात्रा भारत जाने र नेपाल आउने जनमानसको आवत जावत तथा सिमावर्ती भारतिय बजार क्षेत्रमा किनमेल रोकिएको छैन् ।

कञ्चनपुरको गड्डाचौकीमा सुरक्षा ब्यवस्था कडा भएसंग नेपालका बिभिन्न जिल्लाबाट माहाकाली नगरपालिकाको खुला सिमा हुदै भारत तथा तेस्रो मुलुक जानेको संख्यामा समेत कमी आएको छैन् । माहाकाली नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा रात परे संगै भारत संग जोडिएका सीमा क्षेत्रबाट सिमावर्ती बजारहरुमा चहलपहल बढ्ने गरेको बताईएको छ् । सशस्त्र प्रहरीले केही दिन अघि मात्रै २ वटा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट थपेको भएपनि सिमा क्षेत्रमा आवात जावत तथा तस्करीमा कमी नआएको स्थानियहरुको भनाई छ् । माहाकाली नगरपालिकाको वडा नं. १ बैलबन्द, वडा नं. ३ भन्सार कार्यालय नजिक र वडा नं. १० कुतियावकर क्षेत्रमा सशस्त्र प्रहरीले आफ्नो बेस क्याम्प खडा गरेको छ् ।

मध्यरातमा आलु, प्याज, माछा, कुखुरा अण्डा, ब्यापारिक समान लगाएतका खाद्य तथा अखाद्य पदार्थ नेपाल तर्फ भित्र्याउने र नेपाल तर्फबाट कस्मेटिक लगाएत समान अबैधरुपमा ओसारपसार हुने गरेको समाचार श्रोतको भनाई रहेको छ् । दिउसोको समयमा माहाकाली नगरपालिकाको मुख्य स्थानहरुमा सुरक्षाकर्मी परिचालित भएपनि खेत, खोला र नहर क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति नहुने भएकाले सुरक्षाकर्मी उपस्थिती नहुने चोर बाटो प्रयोग गरेर भारत आउजाउ गर्ने र भारतीयहरु पनि नेपाल प्रवेश गर्ने गरेको समाचार श्रोतको भनाई रहेको छ् । भारतियहरु साईकल र मोटरसाइकलमा अबैध सामग्री सीमावर्ती बस्तीमा भित्र्याउने गरेका छन् । लकडाउनको बेलामा समेत सिमा क्षेत्रमा आवात जावत संगै अबैध समान ओसरपसार भईरहेको सिमा बस्तीमा स्थानियहरुले बताएका छन् । सिमा क्षेत्रमा आवात जावत संगै अबैध समान ओसार पसारले बिश्वब्यापीरुपमा देखा परेको कोरोना भाईरस संक्रमण माहाकाली नगरपालिका भित्र्याउने काम भईरहेको स्थानियबासीको ठहर छ् । अहिले माहाकाली नगरपालिका क्षेत्रमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा माहाकाली नगरपालिकाको खुला सिमानामा आवातजावत संगै अबैध समान आयात निर्यातले थप संक्रमण निम्त्याउने जनाकारहरु बताउछन् ।
माहाकाली नगरपालिका क्षेत्रमा शिक्षक, स्वास्थ्यकर्मी, जनप्रतिनिधी लगाएत स्थानियहरुमा कोरोना संक्रमण दिनदिनै देखा पर्न थालेको छ् । बिगतका दिनहरुमा नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले निगरानी गरिरहेको सीमा सुरक्षालाई नेपालको संबिद्यान सभाको पहिलो निर्वाचन देखि माहाकाली नगर क्षेत्रमा आफ्नो बेस क्याम्प स्थापना गरेको हो । सिमा क्षेत्र सशस्त्र प्रहरीले निगरानी गर्दा सिमा क्षेत्र चुस्त–दुरुस्त हुने विश्वास गरिदै आएको छ् । तर, सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट स्थापना गरेरै खटिएको दशक बितिसक्दा पनि सुरक्षा चुनौती जस्ताको तस्तै छ् । सीमा अतिक्रमणका घटनामा कमी आएको छैन् । सीमा क्षेत्रका बासिन्दाले पनि सुरक्षित महसुस गर्न सकेका छैनन् । सिमा क्षेत्रमा तस्करी र कोभिड १९ को संक्रमण रोक्न नगर क्षेत्र खुला सिमा क्षेत्र सिल गरेपनि आवागमन र अबैध समान ओसार पसारमा कमी नभएको स्थानियबासीको ठहर छ् ।






