कञ्चनपुर

कञ्चनपुरको बेदकोटकी एक कम्यूनिष्ट जनप्रतिनिधी नेपाली काँग्रेसमा प्रवेस गरेकी छिन । पुर्व एमालेबाट बेदकोट नगरपालिका २बाट निर्वाचित वडा सदस्य सबिता बोहरा काँग्रेसमा प्रवेस गरेकी हुन । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित संसद विघटन गरेसगै नेता कार्यकर्ताको विचल्ली र केही ओली केही प्रचण्ड नेपाल समुहमा प्रवेस गरिरहेका बेला बोहराले दुवैको झन्झट हटाउदै काँग्रेस प्रवेस गरेकी हुन ।

शनिबार बेदकोटमा काँग्रेसको सम्पन्न भएको कार्यकर्ता भेटघाटमा उनलाई काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले पार्टी प्रवेस गराएको काँग्रेस क्षेत्र नम्बर २का युवा नेता पवन नेपालीले बताए । उनका अनुसार कम्यूनिष्ट सत्ता पदका लागि एक आपसमा लड्दै कोही ओली, कोही प्रचण्ड नेपालसमुहमा प्रवेस गरिरहेका बेला बोहराले काँग्रेस रोजेको बताए ।

दुई तिहाई नजिकको कम्यूनिष्ट नेतृत्वको सरकारले जनताको जनमतको उलङघन गर्दै प्रतिनिधी सभा विघटन गरेर लोकतन्त्र संविधानमाथि ‘कु’ गरेको भन्दै कम्यूनिष्टबाट निर्वाचित वडा सदस्य यसरी काँग्रेस प्रवेस गर्न थालेसंगै कम्यूनिष्ट प्रतिको जनविश्वास गुम्दै गएको काँग्रेस नेताहरुको दावि छ ।
