कंचनपुर
राष्ट्रको गौरव रक्षा गर्नु हामी सबैको दायित्व हो, राष्ट्र रक्षाका लागि राष्ट्रिय एकता नै आजको आवश्यकता हो – राष्ट्रिय एकताका लागि नागरिक जागौं, भन्ने मूलनाराका साथ नागरिक जागरण यात्रा–२०७७ महेन्द्रनगर, कंचनपरको पूर्वसन्ध्यामा गरिएको पत्रकार सम्मेलनमा विभिन्न कार्यक्रमहरु संचालन हुने जानकारी गराईएको छ । अनेकतामा एकताको प्रतिक पृथ्वीनारायण शाह भएकोले हामी सबैले उनको जन्म दिन मनाउनु पर्ने राष्ट्रवादि नागरिक समाजका अध्यक्ष कर्ण बहादुर विष्टले बताउनु भयो ।

कंचनपुरको महेन्द्रनगर बजारमा पुनः तत्कालीन राजा महेन्द्र शाहको सालिक निर्माण हुने भएको छ । २०६२/०६३ सालको दोस्रो जनआन्दोलन समयमा भत्काइएको पूर्व राजा शाहको सालिक राजावादी शक्तिहरुले पुस २७ गते स्थापना गर्ने बताएका हुन् ।२०७७ पौष १६ गते वी.पी को राष्ट्र मेलमिलापको नीति र वर्तमान अवस्था विषयक विचार गोष्ठी संचालन गर्ने, पौष २७ गते खुलामञ्चमा भेला भई नगर परिक्रमा गरी महेन्द्र शालिकमा कोण सभाको आयोजना गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ ।

विभिन्न पार्टी, संघ संस्थाहरुबीच राष्ट्रिय एकताका लागि कार्यगत एकता भएको वताईएको छ । राष्ट्रिय एकता, राष्ट्रिय धर्म, संस्कृतिको रक्षाका लागि आम नागरिकले शान्तिपूर्ण जागरण यात्रामा सहभागी हुनपर्ने राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका सह संयोजक तथा एकाताका लागि संयोजनकर्तामा चक्रदेव जोशी ले बताए । देशमा राज संस्थाको पूर्नवाहली तथा हिन्दु राष्ट्रको माग सो जागरण अभियानले राखेको अभियानमा आबद्ध ७ वटा संघ संस्थाका प्रतिनिधिहरुद्धारा हस्ताक्षेरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

