बेलौरी प्रहरीद्धारा ठगीको आरोपमा एक जना पक्राउ

रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्लाको दक्षिणि क्षेत्र बेलौरी नगरपालिकाबाट ठगि गर्ने गिरोहका एक जनालाई बेलौरी प्रहरीले पक्राउ गरेको छ । थारु समुदायका धेरै व्यक्तिलाई कम्प्युटर सिकाई दिने र अन्य सिपमुलक कार्यक्रममा लगाईदिने प्रलोभन देखाई पैसा उसुली गर्नेलाई बेलौरीबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरिक्षक कमल कुमार खड्काले बताउनु भयो ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका १० का श्याम भनि चिनिने सानु चौधरीलाई पक्राउ गरिएको प्रहरी निरिक्षक खड्काले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो । उनले भने “ विशेष गरेर कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा गई थारु समुदायका भलमन्छाहरु संग समन्वय गरी उनीहरुलाई गलत आश्वासन दिई गाउँघरका व्यक्तिलाई कम्प्युटर सिकाउने, भत्ता समेत पाउने साथै अन्य रोजगारमुलक कार्यमा लगाई दिने भनी प्रति व्यक्त १५० रुपयाँका दरले उठाएर गठी गर्ने गरेको बताए ।”

उहाँका अनुसार ‘ठगी गर्ने चौधरीले आफुलाई साहारा नेपाल संस्थाबाट आएको बताउदै कैलाली र कञ्चनपुरका थारुवस्तीमा गई नेटवर्किङ्ग ठगि गर्ने गरेको बताए ।’ अहिले सम्म पाँच सय भन्दा बढी व्यक्तीलाई ठगि गरेको उनले प्रहरी समक्ष स्वीकार गरेको छ । चौधरीलाई ठगि मुद्धा चलाईन प्रहरी निरिक्षक खड्काले बताए । अहिले अदालतबाट म्याद थप गरी ईलाका प्रहरी कार्यालयमा राखिएको उनले बताउनु भयो ।

ताजा समाचार