आगो ताप्ने क्रममा पुनर्वासमा एक महिलाको मृत्यु

पुनर्वास

कञ्चनपुरको पुनर्वासमा आगो ताप्ने क्रममा एक महिलाको जलेर मृत्यु भएको छ । बिहिबार बिहान करिब सात बजेतिर पुनर्वास नगरपालिका–६ प्रतिभानगर,टाउन बजार स्थित आफ्नै घरमा आगो ताप्दै गरेको अवस्थामा आगोमा परि ४३ वर्षिय गिता देवि थापाको मृत्यू भएको हो ।

उच्च रक्तचापका कारण बेहोस भई आगोमा परि सख्त घाईते भएकी थापालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यू भएको मृतकका देवर लक्ष्मण थापाले बताए । मृतक थापा एक्लै आगो ताप्दै गरेको र आगोबाट उठाउने मान्छे नहुँदा ज्यान गुमेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

ताजा समाचार