भीमदत्त नगरपालिका स्मार्ट लाईट जडान हुने

कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्मार्ट लाईट जडान हुने भएका छन । नगरपालिका क्षेत्रका चालु आर्थिक बर्षमा स्मार्ट लाईट जडान हुने भएको हो । भीमदत्त नगरपालिका क्षेत्रभरी उज्यालोका लागि स्र्माट लाईट जडानका लागि नगरपालिकाले नेपाल विद्युत प्राविधकरण संग सम्झौता गरेको छ ।

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले नेपाल विद्युत प्राधिकरणका पदाधिकारीसंग एक करोड १३ लाख लागतमा चार किलोमिटर क्षेत्रमा स्मार्ट लाईट जडान गरिने छ । सम्झौता अनुरुप प्राधिकरणले भीमदत्त नगरपालिका क्षेत्रमा छिट्टै लाईट जडान गर्ने मेयर विष्टसंग प्रतिबद्धता जाहेर गरेको छ ।

ताजा समाचार