पुनर्वास-३ को आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन

पुनर्वास –

पुनर्वास नगरपालिका-३ को वडा कार्यालय निर्माण स्थल नजिकको भवनमा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन भएको छ । बुधबार एक कार्यक्रमका बीच पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभएको हो । आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख चक्र बिष्टको सभापतित्व रहेको उद्घाटन कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको प्रमुख आतिथ्य तथा नगर उपप्रमुख शारदा बिष्टको बिशिष्ट आतिथ्य रहेको थियो ।

भने वडाध्यक्ष कृष्ण बहादुर तामाङ ,वडा सदस्यहरु ,वडा सचिव रामराज जोशी ,स्वास्थ्य शाखाकी कल्पना पौडेल ,विभिन्न चर्चका पास्टरहरुको आतिथ्यता रहेको थियो । व्यानर बाचन गरि रिबन काटेर स्वास्थ्य केन्द्रको उद्घाटन गर्नु भएका नगर प्रमुख थापाले स्वास्थ्य सेवा वडामै स्थापना हुँदा वडाबासीहरुलाई निकै ठुलो सुविधा हुने बताउनु भयो । कार्यक्रम सम्पन्न पश्चात नगर प्रमुख ,उपप्रमुख र वडा सदस्यहरुले रक्तचाप मापन गर्दै सेवाको सुरुवात गर्नुभएको थियो । भने कार्यक्रमको सञ्चालक नगरपालिकाका प्राविधिक लालमन तामाङले गर्नुभएको थियो ।

ताजा समाचार