प्रधानमन्त्री ओली बिरुद्ध विद्यार्थीको बिरोध प्रर्दशन

कञ्चनपुर
प्रधानमन्त्री केपी शर्माओली बिरुद्ध महेन्द्रनगरमा बिरोध प्रर्दशन गरिएको छ । नेकपाकै युवा र विद्यार्थी संगठनले सोमबार ओली बिरुद्ध बिरोध प्रर्दशन गरेका हुन । प्रधानमन्त्री ओलीले असम्वैधानिक कदम चालेर देशलाई गुमराहमा राखेको भन्दै राष्ट्रिय युवा संगठन र अनेरास्ववियूका विद्यार्थीले दिउँसो पार्टी कार्यालयबाट बिरोध जुलुस निकालेर बजार हुँदै मदनचोकमा पुगेर कोण सभा गरेको थियो ।

बिरोध जुलुुसमा ओलीले जननिर्वाचित संसद विघटन गरेर अधिनायकवाद तर्फ उन्मुख हुँदै राजाबन्द खोजेको र ओलीकैका कारण मुलुकमा सम्वैधानिक संकट निम्तिएको नाराबाजी गरेका थिए । राष्ट्रिय युवा संघ कञ्चनपुरका अध्यक्ष सुचित्र शाह(सुशिल)ले जनताको जनमतको नाङगो उलङघन गरेर आफ्नो कुर्सी बचाउनका लागि प्रधानमन्त्री ओलीले देशलाई अन्धकारतर्फ धकेलेका कारण साँकेतिक बिरोध स्वरुप प्रर्दशन गरेको बताए ।

कोण सभा सम्बोधन गर्दै नेकपा नेता उर्वादत्त पन्तले प्रधानमन्त्रीले चालेको कदम गैर सम्वैधानिक भएको टिप्पणी गरे । प्रधानमन्त्रीले अघि सारेको कदम बिरुद्ध नेकपा भित्र, भित्र बाहिर नागरिक समाज सहित बिरोधमा छन । जनताले नेकपालाई दुई तिहाई जनमत दिदादिदै जनताको अपमान गरेको भन्दै नेकपा भित्र, बाहिर समेत बिरोध भईरहेको छ । जनताले अन्य पार्टीभन्दा कम्यूनिष्टले विपन्न वर्ग सहित देशको विकासका लागि काम गर्द भनेर दिएको जनमतको कदर समेत उलङघन भएको जनाईएको छ ।

ताजा समाचार