पूर्व जनप्रतिनिधी विष्टको स्मृतिमा श्रद्धान्जली सभा

सुदूरपश्चिम बैतडीका पूर्व जनप्रतिनिधी एव समाजसेवी स्व.भक्त बहादुर विष्टको स्मृतिका श्रद्धान्जली अर्पण गरिएको छ । कञ्चनपुरका नागरिक अगुवा एव राष्ट्रिय एकता नागरिक समाजले सोमबार महेन्द्रनगरमा विष्टको स्मृतिमा श्रद्धान्जली अर्पण गरेका हुन ।

सहकर्मी एव अधिवक्ता समेत रहेका पाटन बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख पृत बहादुर विष्टको बाबुको स्मृतिमा श्रद्धान्जली सभा गरिएको नागरिक अगुवा कृष्णानन्द भट्टले बताए । राष्ट्रिय एकता नागरिक समाजले संयोजक चक्र्र प्रशाद जोशीले एकता राष्ट्रसेवी समाजसेवि विष्टको स्मृतिमा उनको फोटोमा माल्यार्पण गरिएको बताए । तत्तकालिन कटोजपानी गाविसका अध्यक्ष समेत रहेका विष्टको ९२बर्षको उमेरमा निधन भएको थियो ।

ताजा समाचार

spot_img