दोधारा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को शुभेच्छुक संस्था स्वतन्त्र देशभक्त समाज दोधारा चाँदनीको समिक्षा बैठक आज सम्पन्न भएको छ् । दोधारा चाँदनीको हेल्थपोष्टमा समिक्षा बैठक सम्पन्न भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोधारा चाँदनीका नगर कार्य समितिका सचिव रबि गिरीले जानकारी दिएका छन् । हिन्दु राष्ट्र पुन : स्थापना, संघियताको खारेजी र संबैधानिक राजतन्त्रको स्थापना माँग सहित केही दिन अघि दोधारा चाँदनीको सडकमा गरिएको ¥यालीको समिक्षा सहित स्वतन्त्र देशभक्त समाज दोधारा चाँदनीको आगामी रणनितीको बारेमा छलपल गरिएको थियो ।


स्वतन्त्र देशभक्त समाज दोधारा चाँदनी स्थापना संगै वडा तथा टोल–टोलमा वडा तथा टोल स्तरिय स्वतन्त्र देशभक्त समाज गठन गर्ने तयारी समेत भईरहेको स्वतन्त्र देशभक्त समाज दोधारा चाँदनीका नगर अध्यक्ष रमेश चन्दले जानकारी दिएका छन् । तरल राजनितिक परिस्थिती त्यसमा देशमा चरमरुपमा भ्रष्टाचार मौलाउदै गएको अवस्थामा स्वतन्त्र देशभक्त समाजले सशक्त ढंगबाट हिन्दु राष्ट्र पुन : स्थापना, संघियताको खारेजी र संबैधानिक राजतन्त्रको स्थापनाको पक्षमा उभिने बताईएको छ् ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोधारा चाँदनीका नगर कार्य समितिका सचिव रबि गिरी, स्वतन्त्र देशभक्त समाज दोधारा चाँदनीका नगर अध्यक्ष रबि गिरी तथा स्वतन्त्र देशभक्त समाजका पदाधिकारी तथा शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।






