कञ्चनपुर

जननिर्वाचित प्रतिनिधी सभा (संसद) विघटनको चौतर्फि भन्र्सना भईरहेको छ । नेपाल पत्रकार महासंघ नागरिक समाज कञ्चनपुर लगायत नागरिक अगुवाले भत्र्सना गरेका हुन । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले जननिर्वाचित संसदको विघटन लोकतन्त्रमाथि प्रहार र नेपाली जनताका लागि दुभाग्र्य भएको ठहर गर्दै विघटनको भत्र्सना गरेको हो ।

पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष विष्णूदत्त अवस्थीले दुई तिहाई बहुमत हुँदाहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्ताव लैजानु दुखत विषय भएको बताए । ‘राष्ट्रपति संविधानको रक्षक पनि हुन, ‘प्रधानमन्त्रीबाट आएका सबै प्रस्ताव पारित गरिहाल्नुपर्ने अवस्था थिएन, ‘अध्यक्ष अवस्थीले भने, ‘प्रस्ताव फिर्ता लिनुपर्छ ।’ बैठकबाट पत्रकार महासंघ कञ्चनपुरको पुष २४मा बार्षिक साधारण सभा गर्ने निर्णय गरिएको छ । पत्रकार महासंघ कञ्चनपुरको साधारण सभा एव अधिवेशनका लागि पदाधिकारी एव सदस्यलाई जिम्मेबारी दिईएको छ । संसद विघटनको लोकतन्त्रमाथि प्रहार भएको कञ्चनपुरका स्थानीयले समेत बिरोध जनाएका छन ।

नागरिक समाज कञ्चनपुरका संयोजक नर बहादुर साउदले संसद विघटन दुखत भएको बताए । ‘यो जनताको जनमतको उलङघन भयो, ‘उनले भने, ‘यसको बिरोध गर्नुपर्छ, जनमतको कदर भएन ।’ नागरिक अगुवा कृष्णानन्द भट्टले यस अघि काँग्रेस नेता गिरिजाले गरेको यस्तै संसद विघटन सही भए यो पनि सही नभए लगत भएको टिप्पणी गरे । कञ्चनपुरका दल, नागरिकले संसद विघटनको बिरोध एव भत्र्सना गर्दै प्रस्ताव फिर्ता लिन आग्रह गरिरहेका छन ।
