एन आईसी बैंकका कर्मचारीले गरे आत्महत्या

कञ्चनपुर
सिन्धुलीको कमलामई नगरपालिका–१४ रानिबाँस घर भई विगत १० वर्ष देखि कञ्चनपुरको एनआईसी बैंकको शाखामा कर्मचारी सहायकको रुपमा काम गर्दै आईरहेका वर्ष २८ का धिरज न्यौपानेले बैक रहेको तेस्रो तला सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको कार्यालयमा झुण्डिएर आत्महत्या गरेका छन् ।

दशैंमा घर आएको बेला डिप्रेशनमा परेको जस्तो देखिए पछि समस्या बुझन दाई भाउजु शुक्रबार कञ्चनपुर आएका थिए । शनिबार आफनो दाई भाउजु सँग महाकाली नदीमा रहेको झुलुङ्ग्े पुल घुम्न गएका थिए । उनले भाउजु सुदिपा वाग्लेलाई आफु प्रेममा परेको कुरा पनि बताएका थिए । उनको खल्ती बाट सुसाईट नोट भेटिएको छ जसमा आफुले साँचो माया गरेको र मायामा सफल नभए पछि आत्महत्या गरेको लेखिएको छ ।

आज विहान ८ः३० बजे आफनो भाउजु सँग फोनमा सम्पर्क गरेका उनले ९ बजे पछि आत्महत्या गरेको हुन सक्ने आसंका गरिएको छ । अहिले उनको शवलाई पोष्टमार्टमको लागि महाकाली अञ्चल अस्पताल राखिएको छ भने थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए ।

 

ताजा समाचार