कंचनपुर

रेन्जर र बनअधिकृतहरुको पेशागत संगठन फरेष्ट टेक्निसियसन्स एशोसियसन अफ नेपालको (एन.ई.एफ.टि.ए. ) ११ सदस्यीय कंचनपुर जिल्ला कार्यसमिति गठन भएको छ । शनिबार वाणी स्थित सब-डिभिजन बन कार्यालयको प्राङ्गणमा रेन्जर तथा बन अधिकृतहरुको भेलाबाट सब-डिभिजन बन कार्यालय कुण्डाका सहायक बन अधिकृत दिनेश यादवको संयोजकत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो ।

फरेष्ट टेक्निसियसन्स एशोसियसन अफ नेपालको कंचनपुर ज्येष्ठ सदस्य गोपाल दत्त जोशीको सभाध्यक्ष तथा फरेष्ट टेक्निसियसन्स एशोसियसन अफ नेपालका सुदुरपश्चिम प्रदेश संयोजक पुर्ण शंकर यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुको आतिथ्यता रहेको थियो । रेन्जर तथा बन अधिकृतहरुका पेशागत हक अधिकारलाई सुनिश्चित गर्न , पेशामा आउने चुनौतीको सामना र जैविक विविधताको संरक्षण गर्न सहजताका लागि समिति गठन भएको सब-डिभिजन बन कार्यालय कुण्डाका सहायक बन अधिकृत दिनेश यादवले जानकारी दिनुभयो । बन अधिकृत बाल मुकुन्द भट्टको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन बन रेन्जर शिवराज अवस्थीले गर्नुभएको थियो ।

