कञ्चनपुर
गत बर्षदेखि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभरी संचालन गरेको मुख्यमन्त्री नमुना कृषि गाँउ कार्यक्रम अन्र्तरगत कञ्चनपुरको बेलडाँडी गाँउपालिका क्षेत्रका किसान उखुखेती तर्फ आकर्षित भएका छन । उखुखेतीका लागि बीउमलदेखि अनुदानमा यान्त्रिकरण दिनथालेपछि कार्यक्रमबाट बेलडाँडीका सयौँ किसान व्यवसायिक रुपमा उखुखेति तर्फ उन्मुख भएका हुन । कम लगानीमा बढि प्रतिफल र राम्रो आम्दानी हुनेभएपछि बेलडाँडीका किसान उखुखेती तर्फ आकर्षित भएका हुन । बेलडाँडी गाँउपालिका ३ खैरिघाट कञ्चनपुरका युवा अम्मरराज पण्डित तीन बर्ष अघि भारतमा रोजगारी गर्दै आएका थिए । स्वदेशमा कुनै रोजगारी नभएपछि उनी डेढ दशदेखि भारतमा रोजगारी गरि घर गुजारा चलाउँदै आए । गत बर्ष पण्डित स्वदेश (घर) फर्किए ।
पण्डित स्वदेश फर्किना साथ कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नमुना कृषि गाँउ कार्यक्रम लागु भईरहेको थियो । पण्डितको गाँउ बेलडाँडीमा समेत मुख्यमन्त्री नमुना कृषि गाँउ अन्र्तरगत उखुखेती शुरु कार्यक्रम आएको थियो । उनकै ८ कट्टा खेतमा शुरुमै प्रर्दशनीका लागि उखुखेती गरियो । ‘म घर फर्किनासाथ मुख्यमन्त्री नमुना कृषि गाँउ(उखु)समन्वय समितिले नमुनाका लागि उखुखेती गरिदिए, ‘पण्डितले भने, ‘अहिले ठुलो भईसकेको छ, आउँदो फागुनमा बेच्छु ।’ उनको खेतमा उन्नत जात (०२३८) अर्थात टे«न्चर आधुनिक प्रविधिबाट उखुखेती गरिएको छ । ‘पहिले यो खेतमा परम्परागत बाली लगाउँदा घरमा खान समेत धौउ धौउ हुन्थ्यो, ‘पण्डितले भने, ‘अहिले खेतरभरी लटरम्म उखु फस्टाएको छ ।’
८ कट्टा जमिनमा उनको झण्डै डेढलाखदेखि दुईलाखसम्म आम्दानी हुनेछ । ‘परम्परागतखेती भन्दा नगदेबालीको रुपमा रहेको उखुखेतीबाट राम्रो आम्दानी हुनेभएपछि उखुखेतीतर्फ आकर्षण भएको उनले बताए । ‘अब विदेश जाँदैन, स्वदेशमै पसिना बगाउँछु, ‘उनले भने, ‘मुख्यमन्त्री नमुना कृषि गाँउ कार्यक्रमबाट मलखालदेखि यान्त्रिकरण पाईएको छ ।’ खैरिघाटकै सञ्जिव बिक्रम सिह पनि उखुखेतीतर्फ आकर्षित भएका छन । उनले दुई विगाहमा उखुखेती लगाएका छन । ‘गाँउ नजिकै चिनिमिल छ, ‘उनले भने, ‘नमुना गाँउ अन्तरगत सिँचाईदेखि यान्त्रिकरण पाएका छौँ, विदेशमा पसिना बगाँउनु भन्दा स्वदेशमै काम गनुपर्छ ।’मलखाद, प्रविधिबारे ज्ञानसीप, सिँचाईका लागि बोरिङ्ग एव यान्त्रिकरण पाएसंगै किसानलाई उखुखेती गर्न सहज भएको भन्दै उनले काम गर्न सके स्वदेशमै आम्दानी र बस्तु उत्पादन गर्न सकिने बताए । उखु किसान जोगी सिहले स्वदेशमै उखुमिल नहुँदा समस्या हुने गरेको बताउदै उनले अहिले गाँउमा चिनिमिल भएपछि किसानलाई बिक्रि वितरणमा सहज भएको बताए ।
‘पहिला हाम्रो नेपालमा चिनिमिल थिएन, ‘उनले भने, ‘उतिबेला भारतमा लगेर सस्तोमा बिक्रि गर्नुपर्ने बाध्यता थियो, अहिले गाँउमै चिनिमिल खुलेर सहज भएकोछ ।’ परम्परागत रुपमा खेती गर्दै आएका सिहले कार्यक्रमलागु भएसंगै दोब्बर उत्पादन भईरहेको बताए । ‘पहिले गोरुबाट जोतेर उखु लगाउँथे, ‘उनले भने, ‘अहिले प्रविधिबाट खेत जोतेर उखु लगाउँछौँ, उत्पादन पनि बृद्धि भईरहेको छ ।’ कार्यक्रम अन्र्तरगत आफुले ट्याङकी मेसिन पाएको बताउदै सिहले औषधी छर्किन सहज भएको बताए । सिहले पनि एक विगाहमा उमुखेती गरेका छन । बेलडाँडी गाँउपालिका १ बेलडाँडीका स्थानीय एव मुख्यमन्त्री नमुना कृषि गाँउका सल्लाहकार चक्र्र शाहले गत बर्षदेखि कार्यक्रम लागु भएकाले उखु किसान समेत आकर्षित भईरहेको बताए । उनले उचो भागतिर उन्नत जातको अर्ली उखु लगाउँदा जंगली जनावरको समस्या रहेको बताए । ‘मुख्यमन्त्री नमुना कृषि गाँउ कार्यक्रमबाट किसानलाई थुप्रै राहत पाईएको छ, ‘उनले भने, ‘राहत पाएपछि किसान उखुखेती तर्फ आकर्षित भएका छन ।
’ नजिकै रहेको महाकाली सुगर इन्डष्ट्रिज प्रालिका क्यान मेनेजर सिडि पाण्डेले समेत उद्योगका लागि चाहिने कच्चा पदार्थ अभाव हुन नदिन किसानलाई प्राविधिक रुपमा सहयोग गर्दै आएको बताए । ‘हामीले पनि यो मुख्यमन्त्री कार्यक्रम सहित अन्य उखु किसानलाई प्राविधिक सहयोग गर्दै आएका छौँ, ‘उनले भने, ‘किसानलाई कुनै प्राविधिक समस्या आएर हामीलाई कच्र्चा पदार्थ अभाव नदिन हामी किसानसंगै छौँ ।’ उनले स्तरिय उखु अर्लीमै जोडदिएकको बताए । बेलडाँडीका अगुवा एव किसान राम बहादुर सिहले कृषि व्यवसायलाई आत्मनिर्भर बनाउँदै बेलडाँडीका किसान उखुखेतीमा जुटेको बताए । किसानका लागि आवश्यक स्रोत साधनका साथै थप सोत साधन दिएर किसानलाई भरपुर सहयोग गर्नुपर्नेमा सुझाव दिए । मुख्यमन्त्री नमुना कृषि गाँउ (उखु) समन्वय समिति बेलडाँडीका अध्यक्ष सुरेन्द्र सिहले किसानलाई उखुखेतीका लागि चाहिने मलबिउखाद,यन्त्र, उपकरण अनुदानमा वितरण गरिएको बताए । ‘गत बर्षदेखि किसानलाई अत्याश्यक बिउमलखाद, यन्त्र उपकरण अनुदानमा वितरण गरिरहेका छौँ, ‘उनले भने, ‘यस बर्षपनि किसानका खेत खेतमै सिँचाईका लागि टुबेल जडान गरिहेका छौँ ।’ अध्यक्ष सिहका अनुसार २०किसानलाई बोरिङ्ग वितरण गरिएका छन । ‘सबै किसानको घर घरमा बोरिङ्ग गछौँ, ‘उनले भने, ‘यसबाट किसानलाई सिँचाईका लागि सुविधा हुन्छ ।’ अध्यक्ष सिहका अनुुसार बोरिङ्ग, ईन्जिन, मोटर, पाउर टिलर, रोटाभेटर औषधी छर्किने ट्याकी, सर्भिस पाईप लगायतका यन्त्र एव उपकरण जडान गरिने बताए ।
बेलडाँडी गाँउपालिका १, ३, ४ अन्र्तरगत सात सय किसानले ८सय विगाहमा उखुखेती गरेका छन । ‘यस बर्षदेखि हामी फटिलाईजर मेसिन समेत वितरण गछौँ, ‘अध्यक्ष सिहले भने, ‘विगतमा खेतमा आगो लगाईन्थ्यो, ‘अब त्यो झन्झट हट्यो ।’ किसानसंग उखुखेतीका लागि लगानी अभावका कारण उनीहरुले अन्य परम्परागतखेती गर्दै आएको बताउँदै सिहले कार्यक्रम मार्फत लगानी, अनुदान, बिउबिजन, मलखाद, आधुनिक प्रविधिबाट खेती गर्दै यान्त्रिकरण वितरण गरेसंगै किसान उखुखेतीतर्फ आर्कषित भएको अध्यक्ष सिहले बताए । अन्तरबाली पनि बेलडाँडी गाँउपालिका क्षेत्रका किसानले मुख्यमन्त्री नमुना कृषि गाँउ (उखु) अन्र्तरगत अन्तरबाली समेत लगाएका छन । कार्यक्रम अन्र्तरगत उखुलाई पहिलो प्राथमिकतामा राखेर अन्तरबाली लगाएका हुन । ‘अहिले १५ जना किसानले अन्तरबाली लगाएका छन, ‘अध्यक्ष सिहले भने, ‘उखुसंगै तोरी, आलु, मसुर लगाएका छन ।’ छोटो अवधिमा तयार हुने बाली र उखु संगसंगै लगाईन्छ । उखु पाक्न बर्षदिन लागेपछि अन्य ३ र ६ महिनामा तयार हुने बाली पनि लगाईन्छ । अन्तरबालीबाट किसानलाई दोहोरो उत्पादन र लाभ हुने अध्यक्ष सिहले बताए । ‘अन्तरबाली पनि राम्रो फस्टाएको छ, ‘अध्यक्ष सिहले भने, ‘एकै खेत बालीदुई लाभ पनि दोब्बर हुन्छ ।’
कृषिमा औद्योगिकरण गर्नका लागि कार्यक्रम ः कृषि ज्ञान
केन्द्र कृषि ज्ञान केन्द्र कञ्चनपुरले मुख्यमन्त्री नमुना कृषि गाँउ अन्र्तरगत कृषिमा आत्मनिर्भरका साथै कृषिलाई औद्योगिकरण गर्ने सरकारले लक्ष्य रहेको जनाएकोछ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिल बहादुर विष्टले किसानलाई परम्परागतबाट व्यवसायिक, आधुनिकीकरण गर्दै औद्योगिकरण तर्फ लैजाने कार्यक्रम भएको बताए । ‘उत्पादन र उत्पादकत्वमा बृद्धि गर्ने हो, ‘ज्ञान केन्द्र प्रमुख विष्टले भने, ‘किसानलाई प्रविधियुक्त बनाएर उत्पादन बृद्धि गर्दै आर्थिक स्तर बृद्धि गर्ने पनि हो ।’ सुदूरपश्चिम प्रदेश सरकारबाट संचालित कार्यक्रम बेलडाँडी सहित जिल्लाका अन्य पालिकाहरुमा समेत कृषि बस्तु उत्पादन एव ठाँउ परिवेस सुहाउँदो नमुना गाँउ बनाएर किसानलाई कृषिको आधुनिक व्यवसायि तर्फ उन्मुख गराउने योजना रहेको बताए । नगदेबालीको रुपमा रहेको उखुखेतीको थप विस्तारका लागि समेत पहल भईरहेको प्रमुख डा. विष्टले बताए । ‘अहिले जतिका काम भईरहेको छ, त्यसमा राम्रो काम भए थप क्षेत्र विस्तार गरेर अरु किसान समेटेदै जान्छौँ,किसानलाई आत्मनिर्भर बनाउँछौँ ।’ सुदूरपश्चिम प्रदेश सरकारले कृषिमा जनतालाई आकर्षित गरेर स्वदेशमै बस्तु उत्पादन गर्दै जिवनस्तर बृद्धिका साथै आर्थिक गतिबिधीमा संलग्न गराउने नीति अनुरुप सो कार्यक्रम ल्याएको हो ।