समाजिक सुरक्षा भत्ता वितरण सुविधायुक्त बनाउन समाजसेवि शाहको सुझाव

कञ्चनपुर

बेलडाँडीका समाजसेवि दीर्घ बहादुर शाहले समाजिक सुुरक्षा भत्ता वितरण सुविधायुक्त बनाउन सुझाव दिएका छन । बेलडाँडी गाँउपालिकाले एनएमबी बैंक मार्फत वितरण गर्ने समाजिक सुरक्षा भत्ता वितरणको अवधि कम भएकाले जेष्ठ नागरिक छुटन गएकाले समाजिक सुरक्षा भत्ता प्रणालीलाई थप व्यवस्थित एव सुविधायुक्त बनाउनुपर्नेमा सुझाव दिएका हुन ।

समाजसेवि शाहले चिसो मौषम, कोडिभका कारण समस्यामा परेका जेष्ठ नागरिकलाई राज्यले प्रदान गर्ने समाजिक सुरक्षा भत्ता वितरण प्रणालीमा उच्च सुधार गर्दै जेष्ठ नागरिकको सम्मान एव सुविधादिनुपर्ने उनको भनाई छ। चालु आर्थिक बर्ष २०७७/०७८को पहिलो चौमासिकमा वितरण गरिएको सत्तामा गाँउपालिका क्षेत्रका विभिन्न वडाका जेष्ठ नागरिक छुटन गएकाले आफुले त्यस बारेमा बैंकसंग समेत छलफल गरेको बताए । ‘मैले भत्ता वितरणमा छुटन गएका बारे बैंकमा कुराकानी गरेको छु, ‘उनले भने, ‘हेर्नुहोस के रिस्पोन्नआउँछ ।’

समाजसेवी शाह सरस्वती माध्यामिक विद्यालयका पुर्व प्रअ/अध्यक्ष, बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एव रौलेश्वर आर्दश जनता बहुमुखी क्याम्पस स्थापनार्थअभियन्ता एव समाजलाई आध्यात्मिक रुपमा अघि बढाउनुपर्छ भन्दै सिद्धनाथ रामलिला समितिकाअध्यक्ष हुन । शिक्षा, स्वास्थ्य एव समाजिक क्षेत्रमा योगदान एव भूमिका निर्वाह गरेका समाजसेवि शाहको सकारात्मक सुझावलाई ग्रहण गर्दै आगामी दिनमा समाजिक सुरक्षा भत्ता वितरणमा सुधार ल्याईने बैक एव गाँउपालिकाका प्रतिनिधीको प्रतिबद्धता छ ।

ताजा समाचार