धनगढी,
धनगढी उप-महानगरपालिका वडा नम्बर ३ मा अपाङ्गता सहायता प्रतिष्ठानकाे भवन शिलन्यास गरिएकाे छ ।
एक कार्यक्रमकावीच वडाअध्यक्ष बलवहादुर ऐरले आज शुक्रवार भवनकाे शिलन्यास गरेका हुन् ।शिलान्यस कार्यक्रममा धनगढी उप-महानगरपालिका ३ नम्बर वडा सदस्य तथा जनप्रतिनिधिहरु नारायण पाण्डे, राधा विक त्यस्तै, नेपाली कांग्रेसका स्थानीय नेता तथा समाजसेवी राजवहादुर ऐर र अपाङ्गता भएका व्यक्तिहरुको उपस्थिति थियो ।
सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७७\०७८ मा विनियाेजित २० लाख रकममा प्रतिष्ठानकाे कार्यालय भवन बन्न लागेकाे हाे । भाैतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतकाे शहरी विकास तथा भवन कार्यालय धनगढीले आव्हान गरेकाे टेन्डरमा लाटा काफली निर्माण कम्पनीले ठेक्का पाएको छ ।






