पिएम कप छनोटका लागि कञ्चनपुर महिला क्रीकेट टिमको बिदाई


महेन्द्रनगर,
प्रधानमन्त्री कप (पीएम) क्रिकेट प्रतियोगिता छनोट खेल्नका लागि कञ्चनपुर महिला क्रीकेट टिमको एक कार्यक्रमका साथ बिदाई गरेको छ।
सनिवार देखि धनगढीमा संचालन हुने पीएम कप छनोट प्रतियोगिता खेल्नका लागि माया रावतको क्याप्टेन सिपमा १४ सदस्य टोलिको एक कार्यक्रमका साथ कञ्चनपुर जिल्ला क्रीकेट संघका पुर्व अध्यक्ष एवं प्रादेशिक क्रीकेट संघका उपाध्यक्ष दिपक राज चालिसे र कञ्चनपुर जिल्ला पुरुष क्रीकेटका प्रशिक्षक विरेन्द्र शाहीले बिदाई गरिएको कञ्चनपुर जिल्ला क्रीकेट संघका अध्यक्ष विरेन्द्र चन्दले जानकारी दिएका छन् ।
कञ्चनपुर महिला क्रीकेट टिमको प्रशिक्षकमा निरज चन्द र टिम व्यवस्थापकमा नरेन्द्र राज भट्ट लाई जिम्मेवारी दिएको छ। भने कञ्चनपुर जिल्ला महिला क्रीकेट टिमले आफ्नो पहिलो खेल मंसिर ४ गते भोलि पहिलो दिनको दोस्रो खेल बझाङको सामना गर्ने छ। महिला क्रीकेट टिमलाई मम्ताज पार्टी प्यालेस खेलाडीका लागि खेल पोशाक (जर्सी) सहयोग गरेको टिम व्यवस्थापक नरेन्द्र राज भट्टले बताएका छन् ।

ताजा समाचार

spot_img