महेन्द्रनगर,
प्रधानमन्त्री कप (पीएम) क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटको उपाधी अछामले जितेको छ ।
शुक्रबार महेन्द्रनगरको कबर्डहलमा भएको फाइनल खेलमा बैतडीलाई १५ रनले हराउदै अछामले उपाधि हात पारेको हो ।
टस जितेर ब्याटिङ रोजेको अछामले ३८ ओभरमा अलआउट हुदै १ सय ६४ रन बनाएको थियो । अछामले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउदै बैतडीले २८.१ ओभरमा अल आउट हुदै १ सय ४९ रनमा समेटियो । अछामका लागि सुरज तिरुवाले ६१ रन र सञ्जु दमाईले सर्वाधिक २४ रन बनाएका थिए । बैतडीका लागि खडक बोहरा र दीपेन्द्र ऐरीले समान तीन तीन विकेट योगदान गरे ।
बैतडीका लागि प्रदिप चन्दले ३० तथा बिरेन्द्र नाथले २७ रन बनाएका थिए । अछामका सुरज तिरुवाले ३ विकेट हात पार्दै म्यान अफ द मयाच घोषित भए । प्रतियोगितामा सर्बाधिक ११ विकेट हासिल गर्ने बैतडीका खडक बोहरा बेस्ट बलर चुनिए भने । कञ्चनपुरका किरन ठगुन्ना १४० रनको पारी खेल्दै प्रतियोगिताको बेस्ट ब्याट्सम्यान चुनिए । प्रतियोगितामा दुइ अर्धसत,१२० रन र ८ विकेटको उत्कृष्ट प्रदर्शन गर्नै डडेल्धुराका सन्तोस भट्ट म्यान अफ द सिरीज चुनिएका छन ।
त्यस्तै छनोट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई सुदूरपश्चिम टीममा छनोट गर्ने कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष विरेन्द्र चन्दले जानकारी ई-सुदूर दर्पण डट कम लाई जानकारी दिएको छ । “सुदूरपश्चिम प्रदेश स्तरीय छनोट समितिले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश टीममा चयन गर्छ ।” चन्दले भने–“सबै जिल्ला समेटिने गरी उत्कृष्ट खेलाडीलाई टीममा समितिले छनौट गर्छ ।”
गतमंसिर २७ देखि शुरु भएको छनौट प्रतियोगितामा बाजुरा बाहेकका सुदूरपश्चिमका ८ वटा टोलीको सहभागिता रहेको थियो । यो छनौट प्रतियोगिता बाट यही पुस ११ बाट हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनौट हुनेछ । फाइनल खेलपछि एक समापन समारोहको आयोजना गरि खेलाडीलाई पुरस्कार बितरण गरिएको थियो ।
समापन कार्यक्रमका सभापति कञ्चनपुर जिल्ला क्रीकेट संघका अध्यक्ष विरेन्द्र चन्द, प्रमुख अतिथि नेपाल क्रिकेट संघका केन्द्रिय अध्यक्ष चतुर बहादुर चन्दको रहनुभएको थियो । खेलाडी दुर्घटना कोषको लागि बैतडीका समाजसेवी , खेलप्रेमि प्रकाश चन्द ठकुरीले कोषको स्तर उन्नतिका लागि ११ हजार १ सय १ रुपैया सहयोग गरेको छ।