प्रदेशस्तरीय सिनियर पुरुष एकदिवसीय क्रीकेट प्रतियोगिताको आज समापनका साथै उपाधी रक्षाका लागि आज अछाम र बैतडी प्रतिस्पर्धा गर्ने छन् ।
बैतडी क्रीकेट टिम फाइनलमा
विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ कोरोना भाइरसले खेलकुद क्षेत्र नै थला परेको बेलामा कञ्चनपुर जिल्ला क्रीकेट संघको आयोजना तथा सुदुरपश्चिम प्रादेशिक क्रीकेट विकास समितिको आतिथ्यतामा यहि मङ्सिर २७ गते देखि कञ्चनपुरको महेन्द्रनगर स्थित खुलामञ्च र कबड हलको खेलमैदानमा जारी प्रधानमन्त्री कप प्रदेशस्तरीय सिनियर पुरुष एकदिवसीय क्रीकेट प्रतियोगिताको आज अन्तिम दिन शुक्रबार समुह “बि” को विजेता अछाम र समुह “ए” को विजेता बैतडी क्रीकेट टिम फाइनल उपाधीका लागि आज भिड्ने भएका छन् ।
महेन्द्रनगरको कबड हल खेलमैदानमा फाइनल खेल आज बिहान देखि हुने र उक्त फाइनल खेल नेपाल क्रीकेट संघ (क्यान ) का केन्द्रीय अध्यक्ष चतुर बहादुर चन्द को प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन गरिने कञ्चनपुर जिल्ला क्रीकेट संघका अध्यक्ष बिरेन्द्र चन्दले बताएका छन् । पिएम कप छनोट सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व रहने गरि टिम छनोटका लागि प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्य ८ वटा जिल्ला कञ्चनपुर ,कैलाली ,डोटि,डडेल्धुरा ,बैतडी ,अछाम, बझाङ र दार्चुलाको सहभागिता रहेको थियो भने एक जिल्लाको भने प्रतिनिधित्व जनाएको थिएन ।