कञ्चनपुर,

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुखमा उपप्राध्यापक शंकर पुजारा नियुक्त भएका छन् । विश्वविद्यालय केन्द्रीय क्याम्पस मानविकी तथा सामाजिकशास्त्र विभागका उपप्राध्यापक शंकर पुजारा लाई विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुखको जिम्मेवारी दिइएको हो।


केन्द्रिय क्याम्पस शिक्षाशास्त्र विभागका उपप्राध्यापक हरिश सिंह सामन्त उक्त शाखाका प्रमुख रहनु भएको र उनको २ बर्षे कार्यकाल मंसिर २९ गते समाप्त भएपछि क्याम्पसका प्रिन्सिपल डा. भूपेन्द्र सिंह विष्टले उपप्राध्यापक पुजारालाई आज पुष २ गते बिहिवार प्रमुखमा नियुक्त गर्नु भएको हो।

विद्यार्थी कल्याण तथा खेलकुद शाखा बाट पाउने छात्रवृत्ति लाई आगामी दिनमा आफ्नो कार्यकालमा विद्यार्थीका हक हितका लागि निरन्तर न्यायपुर्ण तरिकाले गरिब, जेहेन्दार, असहाय अपांङ्गता लाई उपलब्ध गराउनुका साथै खेलकुद क्षेत्र लाई सबैको साथ सहयोगमा स्तर उन्नति गरिने र सबै विधाका खेलकुद लाई विकास गरिने नवनियुक्त शाखा प्रमुख उपप्राध्यापक पुजाराले बताउनु भो । यसरी आफुलाई थप जिम्मेवारी दिनु भएको मा केन्द्रीय क्याम्पस प्रमुख लगायत सम्पुर्ण हार्दिक धन्यवाद दिनु भो।
