धामीको पहलमा निर्वाचन क्षेत्र नम्बर २ का भूमिहिन जनता जग्गाको मालिक बन्ने

कञ्चनपुर
सासंद नर बहादुर धामीको पहलमा निर्वाचन क्षेत्र नम्बर २ का भूमिहिन जनता जग्गाका मालिक बन्ने भएका छन भने जग्गा धनि लालपुर्जा पाउने भएका छन् । कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरपालिका क्षेत्रका भूमिहिन जनता जग्गाका मालिक बन्ने भएका हुन । संसद धामीकै पहलमा कञ्चनपुरका तिन स्थानिय तहमा एकै साथ भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन तयारी भएको छ ।
संघिय सासंद प्रतिनिधि साभा सदस्य धामीको विषेश पहलमा निर्वाचन क्षेत्र नं. २ अन्तरगतका स्थानीय पालिकाहरुमा भूमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकलाई जमिनको मालिक बनाईन लागिएको हो । यस अघि भूमि सम्बन्धी समस्या समाधान आयोगसंग कृष्णपुर नगरपालिकाको सम्झौता भईसकेको थियो । भने बिहीबार शुक्लाफाँटा र बेदबोट नगरपालिकाको सम्झौता भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन प्रशाद भट्टको प्रमुख आथित्य एव संघीय प्रतिनिधी सभा सदस्य नर बहादुर धामीको बिशिष्ठ आतिथ्यमा आयोगका केन्द्रीय अध्यक्ष देवि ज्ञवाली सहितको उपस्थितिमा शुक्लाफाँटा, बेदकोटको सम्झौता भएको छ । सुप प्रदेशका मुख्यमन्त्री त्रिलोचन प्रसाद भट्ट, संघीय संसद नर बहादुर धामीले गत निर्वाचनका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको चुनावी प्रतिबद्धतालाई पुरा गर्दै जनतालाई जमिनको मालिक बनाउने प्रतिबद्धता जाहेर गरेका छन । चालु आर्थीक बर्षमा पुरा हुने भए पछि यस क्षेत्रका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता कार्यकर्ता पनि हर्षित भएका छन ।
विगत लामो समय देखी यस क्षेत्रको प्रमुख चुनावी मुद्दाका रुपमा रहेको भूमिहीन, दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या यस बर्ष सांसद धामीको पहल तथा निरन्तरको खबरदारी पछि सम्पन्न हुने तयारीले पार्टी नेता कार्यकर्ता मात्रै होईन आम जनताहरुमा पनि खुसीयाली छाएको कुरा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) शुक्लाफाँटा नगर कमिटि सचिव देवदत्त भट्टले बताए । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ अन्तरगतका कृष्णपुर, शुक्लाफाँटा र वेतकोट नगरपालिकामा नापी कार्यलाई तिव्रता दिने तयारी भैरहेको स्थानीय तहले जनाएका छन । प्रतिनिधि सभा सदस्य नरबहादुर धामीले निर्वाचन क्षेत्र नंं. २ अन्तरगतका तिनै स्थानिय तहमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्यलाई चालु आर्थीक वर्ष भित्र कार्य सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउन सबै सम्बन्धित पक्ष लागि परेको बताए ।
कञ्चनपुरमा सबै भन्दा बढी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको संख्या कृष्णपुर, शुक्लाफाँटा र वेतकोट नगरपालिकामा रहेको स्थानिय तहरुको दावी रहेको छ । जिल्लाको निर्वाचान क्षेत्र नं। २ का स्थानियहरु यसै बर्ष जमिनको मालिक हुन पाउने कुराले निकै हर्षित भएका छन् । “मेरा बाजे, बुवाले यसै जमीनमा पसिना बगाए र मरिसके आज बर्षै पछि जमिनको मालिक बन्ने मौका दिएकोमा हाम्रा सांसद धामी जीलाई धेरै धेरै धन्यवाद छ ।” निकै हर्षित मुद्रामा शुक्लाफाँँटा नगरपालिका वडा नं. ८ का स्थानिय खुसीराम चौधरी भन्नुभयो ।
चालु आर्थिक वर्ष २०७७/७८ मा एक सय स्थानीय तहसँग यसै महिना भित्र कार्य प्रारम्भ गर्न चरणगत रुपमा समझदारी गरिसक्ने आयोगको उद्देश्य रहेको आयोगका उपसचिव राजेन्द्र बहादुर अर्यालले बताउनु भयो । चालु आर्थीक वर्ष भित्र एक सय पालिकामा हुने पहिलो चरणको नापीमा वेतकोट र शुक्लाफाँटा नगरपालीकाको कार्यलाई अघि बढाउन पहल भैरहेको संघिय सासंद प्रतिनिधि सभा सदस्य धामीले बताए । धामीको कार्य देखेर स्थानीय समेत हर्षित भएका छन् ।

ताजा समाचार