वैज्ञानिक वन व्यवस्थापन लागु भएका वनमा पुर्नरुत्पादन हुँदै

कञ्चनपुर

वैज्ञानिक वन व्यवस्थापन लागु भएका सामुदायिक वनमा पुर्नरुत्पादन भईरहेको छ । कार्यक्रम लागु भएका कञ्चनपुरका विभिन्न सामुदायिक वनमा पुर्नरुत्पादन भईरहेको हो । डिभिजन वन कार्यालय कञ्चनपुरले वैज्ञानिक वन व्यवस्थापन लागु भएका वनमा विभिन्न प्रजातिका बिरुवा स्वत प्राकृतिक रुपमा आफै उम्रीरहेको जनाएको छ । समुदायको आवश्यकता अनुसार दिगो वन व्यवस्थापन एव वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

No description available.

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख डिभिजनल अधिकृत अजय विक्रम मानन्धरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका सामुदायिक वन कृष्ण, बैजनाथ, हरियाली, महाकाली लगायतका सामुदायिक वनमा पुर्नरुत्पादन भईरहेको बताए । आर्थिक समाजिक एव वातावरणीय दृष्ट्रिकोणबाट वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम शुरु गरिएको बताउदै उनले सर्पट कटानी नभई बाली चक्र्रिय प्रणाली अन्र्तरगत कार्यक्रम लागु गरिएको बताए । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका वनमा सामुदायिक वनमा ८० बर्ष भन्दा माथिका रुख काटेर नयाँ बिरुवा पुर्नरुत्पादन गरिने बताए । ‘स्वदेशमा काम नहुँदा विदेशबाट अबौँको काठ भित्र्राउनुपर्ने बाध्यता छ, ‘उनले भने, ‘यसलाई रोक्नु हुँदैन, समुदाय र देशको आवश्यकता अनुसार काम अघि बढाउनुपर्छ ।’

No description available.

वैज्ञानिक वन व्यवस्थापन बारे बिहीबार कृष्णपुरमा संचारकर्मीसंग छलफल गर्र्दै डिभिजनल अधिकृत मानन्धरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु हुनुपर्नेमा जोडदिएका छन । बजारमा काठको आवश्यकता भईरहेकाले भएको काठ कुहिने र विदेशबाट लाखौँका काठ आयात गर्नुपर्ने बाध्यता रहेकाले वैज्ञानिक वन व्यवस्थापन लागु हुनुपर्नेमा जोडदिए । सम्बृद्धि लागि वन आवश्यक रहेको उनको सुुझाव छ । वन अधिकृत गणेश ठगुन्नाले वैज्ञानिक वन व्यवस्थापन बारे अफवाह फैलाएका कारण कार्यक्रम संचालनमा चुनौती रहेको बताए । इमान्दाररितापुर्वक वैज्ञानिक वन व्यवस्थापनको काम अघि बढाउँदै समुदायको आवश्यकता पुरा गर्नुपर्ने बताए । वैज्ञानिक वन व्यवस्थापन बारे सबैले बुझ्नुपर्ने उनको सुझाव छ ।

ताजा समाचार