सुदुरपश्चिम प्रादेशिक क्रीकेट विकास समितिको आयोजना तथा कञ्चनपुर जिल्ला क्रीकेट संघको व्यवस्थापनमा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा यही मङ्सिर २७ गतेदेखि सुरु प्रदेशस्तरीय सिनियर पुरुष एकदिवसीय क्रीकेट प्रतियोगिताको पाँचौँ दिनको पहिलो बैतडी र दार्चुला बीचको खेलमा बैतडीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिदै बैतडीले निर्धारित ५० ओभरको खेलमा ४०.२ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा १९५ रन बनाएको थियो। ब्याटिङतर्फ बैतडीका लागि जगदीश चन्दले ७८ बलमा सर्वाधिक ५४ रन बनाउदै प्रतियोगितामा पहिलो अर्धशतक प्रहार गरेका हुन। त्यस्तै,विरेन्द्र नाथ ४९ बलमा ३८ रन,डम्बर बुडाल ४७ बलमा अविजित ३६ रन तथा जगदीश चन्दले १४ बलमा १२ रन बनाउन सफल भए। बलिङतर्फ दार्चुलाका लागि जनक बडाल ९ ओभरमा २८ रन तथा करन डडालले ३.२ ओभरमा ११ रन खर्चंदै समान ३/३ विकेट लिन सफल हुँदा राज वमले पनि ७ ओभरमा ४१ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल भए।
१९६ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको दार्चुलाले निर्धारित ५० ओभरको खेलमा २९.२ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र ९७ रन बनाउनसक्दा खेल ९८ रनले गुमाउन पुग्यो। ब्याटिङतर्फ दार्चुलाका लागि सुरेश साउँदले १७ बल खेल्दा प्रेम कार्कीले २७ बल खेल्दै समान १७/१७ रन बनाउन सफल हुँदा भुपी कुँवर ४८ बलमा १६ रन तथा राज बमले ९ बलमा ११ रन बनाएपनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन्।बलिङतर्फ बैतडीका लागि जगदीश चन्दले ५.२ ओभरमा १६ रन खर्चंदै सर्वाधिक ४ विकेट लिन सफल भए भने गणेश सिंह थापा ६ ओभरमा १ मेडेनसहित १७ रन,दिपेन्द्र ऐरी ६ ओभरमा ३२ रन तथा खडक बोहराले २ ओभरमा १ मेडेनसहित ७ रन खर्चंदै समान २/२ विकेट लिन सफल भएका थिए। प्रतियोगिताअन्तर्गत दोश्रो चरणको दोश्रो दिनको पहिलो खेल बैतडीले ९८ रनको फराकिलो अन्तरले विजयी भएको छ।उक्त खेलको म्यान अफ दी म्याच बैतडीका जगदीश चन्द घोषित भए।आजै भएको दोश्रो कैलाली र बझाङबीचको खेलमा बझाङले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसङ्गै कैलाली पहिला ब्याटिङका लागि मैदान उत्रिएको थियो। ब्याटिङका लागि पहिलो मौका पाएको कैलालीले निर्धारित ५० ओभरको खेलमा ३७.३ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा १ सय ९४ रन बनाउन सक्यो। ब्याटिङतर्फ कैलालीका लागि अर्जुन साउँदले ५६ बलमा सर्वाधिक ५९ रन बनाउदै प्रतियोगितामा पहिलो अर्धशतक प्रहार गरेका छन्। त्यस्तै,टेक रावत ३९ बलमा ३३ रन,नारायण जोशी ३९ बलमा २४ रन,अभिषेक पाल १८ बलमा २१ रन,वसन्तसिंह कार्की २६ बलमा २० रन तथा सुवास ऐरले १२ बलमा १६ रन बनाउन सफल भए। बलिङतर्फ बझाङका लागि रिजन थापाले ९.३ ओभरमा ४३ रन खर्चंदै सर्वाधिक ५ विकेट लिन सफल हुँदै प्रतियोगितामा तेश्रो ५ विकेट लिने खेलाडी बन्न सफल भएका छन्।त्यस्तै,गोविन्द बिष्ट ६ ओभरमा ३५ रन तथा अभिनाश सिंहले ७ ओभरमा १ मेडेनसहित ४१ रन खर्चंदै समान २/२ विकेट लिन सफल भएका हुन।
१ सय ९५ रनको मध्यम विजय लक्ष्य पछ्याउँदै मैदान उत्रेको बझाङले निर्धारित ५० ओभरको खेलमा ३५ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा मात्र १ सय २६ रन बनाउदाँ खेल ६८ रनले गुमाउनपुग्यो। ब्याटिङतर्फ बझाङका लागि अभिनाश सिंहले ४२ बलमा सर्वाधिक २६ रन बनाउदा गोविन्द बिष्ट २९ बलमा २३ रन,लक्ष्मण कडायत ४८ बलमा २० रन,रिजन थापा २७ बलमा १६ रन,दिनेश ओड २१ बलमा १४ रन तथा कप्तान राजन सिंहले ९ बलमा १२ रन बनाउन सफल भएपनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन्। बलिङतर्फ कैलालीका लागि विनोद लामाले ९ ओभरमा १ मेडेनसहित २६ रन खर्चंदै सर्वाधिक ६ विकेट लिन सफल हुँदै प्रतियोगितामा चौथो ५ विकेट लिने खेलाडी बन्न सफल भएका छन्। त्यस्तै,नारायण जोशी ९ ओभरमा १ मेडेनसहित ३८ रन तथा कप्तान शेर मल्लले १० ओभरमा १ मेडेनसहित ४२ रन खर्चंदै समान २/२ विकेट लिदै आफ्नो टोलिलाइ जित दिलाउन सफल भए।
जित पछी कैलाली टिम
प्रतियोगिताको दोश्रो चरणको दोश्रो दिनको दोश्रो खेल कैलालीले ६८ रनले जित्न सफल भएको छ।उक्त खेलको म्यान अफ दी म्याच कैलालीका विनोद लामा घोषित भएका छन् । प्रतियोगिता अन्तर्गत भोलि हुने दोश्रो चरणका अन्तिम खेलहरुमा कैलाली र बैतडी तथा बझाङ र दार्चुलाबीच प्रतिस्पर्धा हुने कञ्चनपुर जिल्ला क्रीकेट संघका स्कोरर नरेन्द्र भट्टले ई-सुदूर दर्पण डट कम लाई जानकारी दिएका छन् ।