जानकी कन्याका छात्रालाई अनुशिक्षण

कञ्चनपुर

माईती नेपालले महेन्द्रनगरको जानकी कन्या माध्यामिक विद्यालयका छात्रा किशोरीलाई अनुशिक्षण गराएको छ । बुधबार माईती नेपाल कञ्चनपुरले कन्याका छात्रा किशोरीलाई यौनजन्य हिन्सा र मानव बेचबिखन रोकथामका लागि अनुशिक्षण गराएको हो ।

No description available.

माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले किशोरी छात्रालाई मानव बेचबिखन एव यौनजन्य हिंसाबाट बाँच्नका लागि अनुशिक्षण गराएकी थिईन । विद्यालयका समाजिक शिक्षक उद्धव ठगुन्नाले माईती नेपालले अघि सारेको कार्यक्रमबाट किशोरीलाई बेचबिखन एव यौनजन्य बाल हिंसाबाट बाँच्ने उपाया बारे अभिप्रेरित गराएको बताए ।

No description available.

माईती नेपाल कञ्चनपुरले कोरोना महामारीसंगै किशोरी, महिला बेचबिखन एव ह्रिंसामा पर्ने भएकाले त्यसको रोकथामका लागि सचेतनामुलक कार्यक्रम गरिरहेको छ ।

ताजा समाचार