कञ्चनपुर
कञ्चनपुरका पत्रकार रामसिह ठगुन्ना पर्यटन पुर्नरुत्थान समिति सुदूरपश्चिम प्रदेशको सदस्यमा नियुक्त भएका छन । नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन पुर्नरुत्थान समिति सुदूरपश्चिम प्रदेशको सदस्यमा नियुक्ती भएका हुन ।
यस अघि बोर्डले आन्तरिक पर्यटन पुर्नरुत्थान समिति सुदूरपश्चिम प्रदेशको अध्यक्षमा माया प्रकास भट्टलाई चयन गरेको थियो । सदस्यमा कञ्चनपुरबाट नेपाल टेलिभिजन पत्रकार ठगुन्ना सहितका सबै जिल्लाबाट सदस्य नियुक्ती गरेर प्रदेश समितिलाई पूर्णता दिएको हो ।

चक्र्रंसिह ह्याकी दार्चुला, विनोद जोशी डडेल्धुरा, दानसिह सुर्माली बझाङ्ग, कमल बम कैलाली, बाबुदेव भट्ट बैतडी, निमेन्द्र शाही बाजुरा, केपी साउद डोटी र थर्क शाह टीकापुर कैलालीलाई नियुक्त गरेको छ । डेढ दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार ठगुन्नाले पर्या पर्यटन सम्बन्धी काम गर्दै आएका छन् ।

