वाणिमा प्रहरीको पक्की भवन बन्दै

जनताको सुरक्षाका लागि गाँउ गाँउमा सुरक्षाकर्मीको उपस्थिति बढाउँछौँ :- सांसद जोशी

कञ्चनपुर,
कञ्चनपुरको वाणिमा प्रहरी चौकीको पक्की भवन बन्ने भएको छ । कृष्णपुर नगरपालिका २ वाणिमा अस्थायी प्रहरी विटको पक्की भवन बनने भएको हो । सुदूरपश्चिम प्रदेश सरकारले पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत वाणिमा प्रहरीलाई बस्नका लागि कार्यालय भवन बनाउन लागेको छ ।
निर्वाचन क्षेत्र नम्बर २(क)बाट निर्वाचित प्रदेश सभा सदस्य महेश दत्त जोशीले मंगलबार एक कार्यक्रमका विच वाणि अस्थायी प्रहरी चौकीको भवनको शिलान्यास गर्नुभयो । भवन शिलान्यास गर्दै यस अघि कच्ची भवनमा काम गर्दै आएका प्रहरीलाई अब दैनिक काम काज संचालनका लागि सहज हुने बताए ।
संसद जोशीले जनताको सुरक्षाका लागि गाँउ गाँउमा सुरक्षाकर्मीको उपस्थिति अनुरुप वाणिमा भवन निर्माण कार्य अघि बढीरहेको बताए । Image may contain: one or more people, people sitting, food and outdoor, text that says 'REDMI NOTE QUAD CAMERA'सांसद जोशीले जनताको सुरक्षाका आवश्यक सबै कसर बाँकी नराख्न समेत प्रहरीसंग अनुरोध गर्नुभयो । सांसद जोशीले राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना लगायतका गाँउमा हुने गैर कानुनी गतिबिधी रोक्नका लागि वाणि प्रहरीले सकृयता देखाउनुपर्नेमा जोडदिए । संसद जोशीले समयमै काम सम्पन्न गर्न समेत निर्माण व्यवसायीलाई आग्रह गरेका छन ।
प्रदेश सरकारबाट वाणिमा प्रहरी भवन निर्माणका लागि प्रदेश सभा सदस्य जोशीकै पहलमा २० लाख बजेटमार्फत भवन बन्न लागेको हो । वाणि प्रहरी आफ्नै भवन बन्ने भएपछि शान्ति सुरक्षा एव प्रहरीलाई समेत दैनिक कार्य गर्न सहज हुने स्थानीयको अपेक्षा छ । Image may contain: people standing, tree, outdoor and nature, text that says 'REDM NOTE QUAD CAMERA'भवन शिलान्यास कार्यक्रममा कृष्णपुर नगरपालिका २ वडाध्यक्ष जय नारायण जोशी, नेकपा युवा नेता एव जिल्ला सदस्य अर्जुन सिह साउद, निर्माण व्यवसायी दान ब. सिह, अस्थायी प्रहरी पोष्टका इन्चार्ज मोहन जोशी लगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार