सरकारले प्राकृतिक जडिबुट्टी अनुसन्धान तथा खोज केन्द्र स्थापना गनुपर्छ : खोजकर्ता राजु खड्का

सुदूरपश्चिममै विगत एक दशकदेखि आयुर्वेदिक औषध उपचार तथा प्राकृतिक जडिबुट्टी खोज अनुसन्धानका क्षेत्रमा जीवन समर्पित गर्दै आउनुभएका कंचनपुरको भीमदत्तनगर– ५ मा बस्दै आउनुभएका ६३ वर्षीय आयूर्वेदिक औषधका अध्यता राजु खड्का सँग सुदूर संवादका लागि प्रेमराज भट्टले गरेको कुराकानीको संम्पादित अंश

आयुर्वेदिक औषध अनुसन्धान÷खोज तथा जडिबुट्टि क्षेत्रमा कसरी कामको थालनी गर्नुभयो ?
– मेरा बुबा बाजे समेत गर्दै आएको पुख्र्यौली पेशा हो यो । मैले पहिलेदेखि नै काम गर्दै आएको थिए, पछि आएर वि.सं २०६७ देखि पूर्णकालीन रुपमा होमिएको हुँ । आयुर्वेदिक औषध तथा जडिबुट्टि खोजका निम्ति निरन्तर प्रयासरत छु, स्वास्थ्यप्रतिको सचेतना जागृत अझै नभएको भान हुन्छ कताؘ–कता । स्वास्थ्य प्रति अति नै बेप्रवाह बन्दै गएका छौँ हामी नेपाली, यो भावी पुस्ताको जीवन विकास सँगको सवालमा अशुभ संकेत हो । निशुल्क रुपमा रहेका हाम्रा घर आँगनका अमूल्य औषधीलाई घासपात मात्रै सम्झन्छौँ, र त दीर्घकालीन स्वास्थ्य समस्याबाट अहिले आजित हुदैगईरहेका छौँ नि । यसो भएको हुदाँखेरी मैले अभियान्ताकै रुपमा आफूले अभियान चलाईरहेको अवस्था हो ।
प्राकृतिक औषध अनुसन्धानका क्षेत्रमा यहाँले के कस्ता कामहरु गर्नुभयो नि ?
– हेर्नुस्, गर्न त धेरै थोक गरियो नि, जडिबुट्टिकै क्षेत्रमा भन्नुहुन्छ भने चाँहि सुदूर तराईका दुई जिल्ला कैलाली र कंचनपुरका विभिन्न विद्यालयहरुमा गए । त्यहाँका करिब ५ हजार विद्यार्थीहरुमा मैले पोषण तत्वको कमी पाए । विद्यार्थीहरुको स्वास्थ्य जाँच गर्दा उमेर अनुसार हाईट, तौल नभएको कमी देखेर म त चकित भए ।
पोषण तत्वको कमी छ त भन्नुभयो तर यहाँले कसरी पत्ता लगाउनु भयो नि ?
– मैले महाकाली अस्पतालका चिकित्सकहरुको टोली नै लगेर रिर्पोट तयार गराएको छु । उनीहरुले रिर्पोट नै बनाएका छन् । त्यसपछि उहाँहरुलाई पनि मेरो कुरामा विश्वास लाग्न थालेको हो कि अहिलेको पुस्तामा पोषणको कमी दिन प्रति दिन बढ्दै गईरहेको छ भनेर । अहिलेको जीवनशैली पनि प्रमुख रुपमा यसमा दोषी देखिन्छ, हामीले गर्ने खानपानमा अत्याधिक विष सेवन गरिरहेका छौँ, उत्पादन देखि वितरणसम्म अहिले बजारमा थरि थरिको विषको व्यापार हुदैछ, हाम्रो आउँदो पुस्ता त झन विषमयी भएर जन्मदै छ, यसको निराकरण गर्न हामी अभ्यासरत छौैं, यद्धपि, एकल प्रयासले मात्रै नहुदोरहेछ । अधिकांश नागरिकलाई जडिबुट्टीको बारेमा ज्ञान नभएर पनि यस्तो भएको हो । चिन्ता लाग्छ,यसकारण भावि सन्ततिको स्वास्थ्य वेप्रवाह छौं,
वि.सं.२०५०अघिकै कुरा गर्नुस् क्यान्सरका विरामी छुटपुट रुपमा हुन्थे, पचाँसको दशक यता ७० हजार भन्दा बढी नेपाली नागरिक क्यान्सरबाट पिडित छन्। यसैगरी १४ हजार बढी मुटु रोग र मधुमेहबाट प्रताडित छन्, कारण के हो भन्ने खोज अनुसन्धान हुन सकेको छैन् किन? अर्को स्वास्थ्य समस्या बंशजन्य रोगहरुको एउटा पुस्ताबाट अर्कोमा पुस्तान्तरण हुने दर बढ्दो छ । यो डर लाग्दो अवस्था होइन र ?
अहिले सम्म के कस्ता जडिबुट्टीहरुको पत्ता लगाउनु भएको छ नि ?
– हाम्रो देश जडिबुट्टीमा धनी छ । हामीसँग तमाम प्राकृतिक पोषण तत्व र औषधीय गुणयूक्त भएका अमूल्य निधिहरु नभएका होइनन् । वाथ रोग वावाशीरदेखि क्यान्सर रोगमा उपयोगी हने जडिबुट्टिको मैले खोज गरेको छु । धेरै जना निको भएर खुसी पनि हुनु भएको छ । आफ्नै लगानीमा त्यस्ता औषधी बनाएर स्वास्थ्यको सुधारमा लागेको छु। दिर्घरोगीहरु १५/२० जनाको उपचार म सँगको परामर्शमा गराईरहनुभएको छ ।
स्वास्थ्य क्षेत्रमा प्राकृतिक पद्धतिबाट उपचार तर्फ लाग्ने प्रेरणा कसरी आयो ?
– हेनुर्स मैले सुरुमा गरेको पेशा फोटोग्राफी हो, पछि केही समय राजनितिमा पनि लागीयो । त्यो सँगै आयूर्वेदिक औषध अनुसन्धमा पनि मेरो झुकाव थियो । तर म पूर्णकालीन रुपम विगत १०÷१२ वर्षदेखि समर्पित छु, मेरो दैनिकी जस्तै भएको छ । मानव परिवर्तन गर्ने दैविय चेतनाले नै मलाई यस पवित्र कर्ममा प्रेरित गरेको हुनुपर्छ झै लाग्छ ।
राज्यले तपाईले गरेको सामाजिक सेवाको सम्मान के गरिदिए हुन्थ्यो भन्ने लाग्छ ?
– हेनुर्स, मेरो परिवारलाई जोखिममा राखेर म यस क्षेत्रमा लागे । पटक पटक राज्यका विभिन्न निकायसँग छलफल तथा आफ्नो भनाई पनि राख्दै आएको छु । स्वास्थ्य मन्त्रालयमा समेत मैले रिर्पोट पेश गरेको थिए । मेरो योग्यताले दिन नमिल्ने भन्दै बैधता दिईएन् । मलाई मेरो व्यक्तिगत लाभको चिन्ता छैन् । मैले नागरिकको सोचाई र स्वास्थ्य सचेतानाको कुरा गरेको छु । आयूर्वेदिक गुण भएका वनस्पति बारे अहिलेका अंग्रेजी पढेका अशिक्षित तर अज्ञानीहरु भन्छु म त, तीनीहरुलाई कुनै जानकारी छैन् । सपना कतै पुरा हुदैन कि भन्ने पिर छ । देशले बर्षौ स्वास्थ्य उपचारका क्षेत्रमा ठूलो धन राशी झण्डै १३ अर्व नेपाल सरकार र १२ अर्व नागरिकले खर्च गरेको तथ्यांक देखिन्छ । यति खर्च गरेर पनि देशको स्वास्थ्य क्षेत्र र नागरिकमा पोषणको कमी ज्यादै देखिन्छ । त्यसैले नागरिकलाई घरेलु औषध उपचार तथा जीवन शैली परिवर्तनको बारेमा जानकारी दिने एवं आयूर्वेदिक र जडिबुट्टिजन्य पदार्थको खोज गर्ने प्राकृतिक औषध उपचार अनुसन्धान खोज केन्द स्थापना गर्नुपर्छ ।
आफूले दशक देखि अगाँलेको पेशाबाट आर्थिक समृद्धि हाँसिल त गर्नु भएन भएन् भएको सबै सम्पत्ति यसैमा सिध्याउनु भयो, कत्तिको सन्तुष्टिमा हुनुहुन्छ ?
– हेनुस्, आर्थिक समृद्धि हासिलको कुरा नगर्नुस्, मैले भएको श्रीसम्पत्ति सबै यसैमा सिध्याए, मलाई असन्तुष्टि त छैन् तर पनि मेरो परिवार भने अहिले डिप्रेसनमा छ नै, मैले लिएको ऋण तिर्न सकेको छैन्, बैंकबाट १५ लाख ऋण लिए, त्यो तिर्न नसक्दा मेरो घर जग्गा लिलाम भयो,र पनि मलाई सोच्ने फुर्सद नै छैन् , परिवर्तनमा हिडेको यौद्धा हु, मानवको व्यवहार परिवर्तन आफैमा जटिल कुरा हुदोरहेछ, यसलाई दिगो रुपमा उठान गर्न सके र नवीन पुस्तालाई स्वस्थ, मस्त र व्यस्त हुने अवस्था सिर्जना गर्नु प्रमुख ध्येय हो ।
अन्य देशले पनि आयूर्वेदिक क्षेत्रलाई प्राथमिकता दिएका छन् । छिमेकी भारतलाई हेर्नुहोस् न । रामदेवलाई सबैको साथ सहयोग मिलेको छ राज्यको पनि, नागरिकको पनि । यहाँ त केही गर्छु भन्नेलाई पनि गाहे हुदोरहेछ । बुझाउनै मुस्किल पर्दोरहेछ ।
घरपरिवार नभनि सामाजिक क्षेत्रमा यतिका वर्ष व्यतित गर्नु भयो, आफ्नो जीवन यात्राको समिक्षा गर्दा कस्तो अनुभूति हुन्छ अहिले ?
– अनुभूतिको कुरा गर्नुहुन्छ भने अध्यारोमा उज्यालोको आशा बाकेको यात्री हुँ, मैले जे काम गरे त्यसबाट जनताले जुन किसिमको लाभ पाउनु पथ्र्यो, जुनकिसिमले यसको प्रचारप्रसार हुनुपथ्र्यो त्यो हुन नसकेको जस्तो लाग्छ, मैले समन्वयात्मक रुपमा काम गर्न नखोजेको पनि होइन् । धेरै चोटी सरकार र स्थानिय तहका जनप्रतिनिधिहरुसँग छलफलमा कुरा राख्दै आएकोछु , गर्छौं भन्नुहुन्छ तर कहिले गर्नुहुने हो था छैन्, नागरिकको स्वास्थ्य प्रति त्यति चासो नभएको हो कि आयूर्वेदीक चिकित्साप्रतिको अविश्वास हो मैले ठम्याउन सकेको छैन् । सहकार्य र साझादारीमा काम गर्न पनि तयार नैै छु । हामी भित्र भएको ज्ञान छर्न तयार छौं ।
यूग परिवर्तनका लागि हिडेको एउटा यौद्धाले अहिले राज्य संयन्त्रलाई दिने सुझाव अवश्य पनि केही त होलान् नि ?
– मैले अघि पनि भने, फेरी पनि दोहो¥याछु, अब आयुर्वेदिक क्षेत्रको विकास गर्र्नुपर्छ, स्रोत साधन जुटाउन सके नयाँ आविष्कारले जन्म लिन्छ, हाम्रो यहाँ खोज अनुसन्धानमा लाग्नेलाई सहयोग गर्ने निति नै नभएको हो कि भन्ने लाग्छ। अव सरकारले प्रत्येक स्थानिय तहमा आयूर्वेदिक औषध उपचार अनुसन्धान तथा जडिबुट्टि प्रशोधन केन्द्रको निर्माण गरेर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ, यदि हामीले अहिले नै आफ्ना सन्ततीलाई समाल्न सकेनौं भने देशले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ, चेतना जगाउन अभियान नै चलाउनु पर्ने अनिर्वायता देखिरहेको छु वास्तवमा भन्नुहुन्छ भने ।
अन्त्यमा, मैले सोध्न बिर्सेका र यहाँलाई भन्न मन लागेको केही कुराहरु छन् कि ?
– सामान्यतया, सबैकुरा मैले भनिसके, अव नागरिकले पनि सचेत र जागृत हुनुपर्छ । साना बालबालिका र किशोर किशोरको आचरणमा परिवर्तन ल्याउनका खातिर आफैबाट थालनी पो गर्ने हो कि ? सोच्नुपर्छ, हाम्रो जीवनपद्धति, आहार विहारमा अलिक परिवर्तनकोे खाँचो ट्डकारो रुपमा देखापरेको तितो सत्य हो । राज्य वा आम नागरिकले हामीजस्ता खोज अनुसन्धाताहरुका लागि मैत्रीपूर्ण वातावरण निर्माण गरिदिनुपर्छ, सम्पत्तिका लागि सन्ततीलाई विगार्दै गएका छौं आजकाल हामी, सम्पत्ति थोरै भएपनि शारिरीक मानसिक एवं संवेगात्मक रुपमा स्वस्थ सक्षम असल सन्तती बनाउन तर्फ हामीकहीँ चुकेका त छैनौं, सोच्न विलम्ब भएन र अझै पनि । अतः सबै नागरिक स्वस्थ बन्नुपर्छ भन्ने महाअभियानमा म तनमन र धनले कटिबद्ध भएर लाग्दै आएको छु, सत्कर्ममा अरुबाट साथ सहयोग हौसला मिल्यो भने केही यो धर्तीमा गरेर जाने धोको मनमा अमिट रुपमा बसेको छ । स्थानिय सरकार एवं सरोकारवाला निकायहरुको साथ सहयोग रहने विश्वास सँगालेको छु ।

ताजा समाचार