सुदुरपश्चिम प्रदेश स्तरीय क्रीकेट प्रतियोगितामा कञ्चनपुरको पहिलो जित

 महेन्द्रनगर,
कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित खुलामञ्चमा र कबड हलमा हिजो सनिवार देखी सञ्चालन भएको सुदुरपश्चिम प्रदेश स्तरीय पुरुष सिनियर एकदिवसीय क्रीकेट प्रतियोगिताको दोस्रो दिनका खेलमा कञ्चनपुरले पहिलो जित दर्ता गरेको छ। भने डडेल्धुराले दोस्रो जित हासिल गरेको छ।
आइतबार भएको दोस्रो दिनको पहिलो खेलमा डडेल्धुरा र डोटी बिच भएको खेलमा डोटिले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गर्दै मैदान उत्रेको डोटिले निर्धारित ५० ओभरको खेलमा ३९ ओभरमा सबै विकेटक गुमाउँदै १२९ रन बनाउन पुगेको थियो। ब्याटिङतर्फ डोटीका लागि रिदम बलायरले ६२ बल खेल्दै सर्वाधिक ३० रन बनाउदा हिक्मत सेटिले ३१ बलमा २० रन,शिशिर थापाले ३० बलमा १६ रन तथा क्रीश ऐरले २८ बलमा १५ रन बनाएका थिए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। बलिङतर्फ डडेल्धुराका लागि कप्तान सन्तोश भट्टले १० ओभरमा ३ मेडेनसहित २४ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा सन्तोष भट्टले ४ ओभरमा १० रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल भए।
उक्त खेलमा १३० रनको सामान्य लक्ष्य लाई भेटाउन मैदान उत्रेको डडेल्धुराले निर्धारित ५० ओभरको खेलमा २६.१ओभर खेल्दै ५ विकेटको क्षतिमा १३२ रन बनाउदै सानदार ५ विकेटको जित निकाल्नुका साथै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्न सफल भएको छ। ब्याटिङतर्फ डडेल्धुराका लागि कप्तान सन्तोष भट्टले ६५ बलमा ५६ रन बनाउदै प्रतियोगिताको दोस्रो अर्धशतक बनाउन सफल भए भने राहुल भण्डारीले ५३ बलमा २६ रनको महत्त्वपूर्ण पारी खेल्न सफल भए। बलिङतर्फ डोटीका लागि सबिन महराले ७ ओभरमा २९ रन ३ विकेट ,आयुश द्वारियाले ३ ओभरमा १८ रन,पुष्कर द्वारियाले ७ ओभरमा २१ रन खर्चंदै समान १/१ विकेट लिन सफल भएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकेनन्।
आइतबार भएको दोस्रो दिनको दोस्रो खेल अछाम र कंचनपुर वीच भएको थियो। उक्त खेलमा अछामले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित ५० ओभरको खेलमा ३९.२ ओभरमा सम्पुर्ण आफ्नो टिमका विकेट गुमाउँदै १७० रन बनाउन पुगेको थियो। ब्याटिङतर्फ अछामका लागि दिपक टमाटाले ४७ बलमा ५४ रन र सञ्जु दमाईले ४४ बलमा ३१ रन,बिक्रम थापाले ४४ बलमा १३ रन,जनक धामीले २२ बलमा ११ रन तथा हेमन्त चलाउनेले २५ बलमा १२ रन बनाउन सफल भएका थिए। बलिङतर्फ कंचनपुरका लागि विकस आग्रीले ८.२ ओभरमा २४ रन र आशिष् भट्टले ६ ओभरमा ५०रन खर्चंदै समान ३/३ विकेट लिन सफल भए भने आकाश चन्दले ९ ओभरमा ३५ रन खर्चँदा २ र सुरज ठगुन्नाले ६ ओभरमा २५ रन तथा आदित्य महताले १० ओभर ३० रन खर्चंदै समान १/१ विकेट लिन पुगे।
१७१ रनको विजय लक्ष्य पछ्याउँनका लागि मैदान उत्रेको कंचनपुरले निर्धारित ५० ओभरको खेलमा ४० ओभर खेल्दै ९ विकेटको क्षतिमा बिजय लक्ष्य संगै आफ्नो पहिलो जित निकाल्न पुग्यो। भने ब्याटिङतर्फ कंचनपुरका लागि किरन ठगुन्नाले ५४ बल खेल्दै सर्वाधिक ५६ रन बनाउदा विकस आग्रीले ४८ बलमा २५ रन,आशिश भट्टले ५० बलमा २४ रन तथा अभिषेक थापाले १५ बलमा १५ रन बनाउदै आफ्नो टिमलाई जित दिलाउन सफल भए। बलिङतर्फ अछामका लागि लालु शानिले ७ ओभरमा १६ रन र बिक्रम थापाले ५ ओभर १८ रन खर्चंदै समान २/२ विकेट लिन सफल भए। आजको दिनको दोश्रो खेल कंचनपुरले १ विकेटले जित्न सफल भएको छ। खेलको म्यान अफ दी म्याच कंचनपुरका किरन ठगुन्ना घोषित भएका छन्। आज सोमबार तेस्रो दिनमा हुने खेलमा डडेल्धुराले अछामको सामना गर्ने छ भने कंचनपुर डोटी संग भिड्ने छ।

ताजा समाचार