कोरोना सन्त्रास बिच दोधारा चाँदनीमा भाईरल ज्वरो र रुघा खोकीका बिरामी बढे


दोधारा

एक्कासी भएको मौसम परिवर्तनले चिसोका बिरामी बढेका छन् । केही दिन बादल लागेको बेला केही न्यानो भएको तापक्रम अहिले आएर हत्तै घटेको छ । यस्तो बेला ज्वरो रुघा खोकी लगाएतका स्वास्थ्य समस्या बढ्छ । कोरोना संक्रमण बिच भाईरल ज्वरो र रुघा खोकी देखा पर्न थालेपछि स्थानियहरुमा त्रास छाउको छ् । दोधाराका बस्तीरुमा धेरै घरमा बुढाबुढी र केटाकेटी यति खेर ज्वारो रुघा खोकीबाट पीडित छन् ।

युवा युवती र अधवैंशेलाई पनि उसै गरी सताएको छ । अरुलाई भन्दा बालबालिका र बुढा पाखाहरुलाई चिसोले बढी सताउने स्वास्थ्यकर्मीहरु बताउछन् । चिसो बढ्दा रुघा खोकी लगाएतका रोग फैलाउने भाइरस बढी सकृय हुन्छन् । त्यसैले यस्ता भाइरसबाट बच्न सकेमा चिसोबाट फैलिने रोग नलाग्ने स्वास्थ्यकर्मीहरु बताउछन् । स्वास्थ्यकर्मीका अनुसार चिसोको बेला केटाकेटी र बुढाबुढीलाई बढी ध्यान दिनुपर्छ ।

उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले बढी ध्यान दिनु पर्ने प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीका डाकटर गगन चौधरीको भनाई छ् । माहाकाली नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा प्रतिदिन झण्डै एक सय बिभिन्न प्रकारका बिरामी आउने गरेको र त्यो मध्य झण्डै ४० प्रतिशत बिरामी ज्वरोर रुघा खोकीका बिरामी रहेका प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीका डाकटर गगन चौधरीले बताएका छन् ।

चिसोमा केटाकेटीलाई न्यानो कपडाले छोप्ने, आगो तापे पनि झ्यालढोका बन्द नगर्ने, तातो झोलिलो पदार्थ खाने, सामान्य रुघा खोकी, ज्वरो देखिने बित्तिकै उपचार शुरु गरेमा अरु रोगले समात्न नपाउने प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीका डाकटर गगन चौधरीको भनाई रहेको छ् ।


ताजा समाचार

spot_img