दोधारा

माहाकाली नगरपालिकामा चाँदनी कृषी सहकारी संस्थालाई वडा कार्यालद्धारा एक थान कम्प्युटर प्रदान गरिएको छ् । माहाकाली नगरपालिका वडा नं. ४ वडा कार्यालयको वार्षिक कार्यक्रम अनुसार चाँदनी कृषी सहकारी संस्था लिमिटेडलाई एक थान ब्राण्डेट कम्प्युटर प्रदान गरिएको माहाकाली नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन् ।

यस आर्थिक वर्षको वडा कार्यालयको वार्षिक कार्यक्रम अनुसार चाँदनी कृषी सहकारी संस्थालाई एक थान ब्राण्डेट कम्प्युटर प्रदान गरिएको माहाकाली नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् । आज एक कार्यक्रमको बिच चाँदनी कृषी सहकारी संस्थालाई कम्प्युटर हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा माहाकाली नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनार, चाँदनी कृषी सहकारी संस्था दोधारा चाँदनीका अध्यक्ष चन्दन थापा, माहाकाली नगरपालिका वडा नं. ४ का वडा सदस्य रतन बहादुर पौडेल लगाएत चाँदनी कृषी सहकारी संस्थाका पदाधिकारीको उपस्थिती रहेको थियो ।
