चाँदनीको एक गोठ जलेर खरानी, २ लाखको बराबरको क्षति

दोधारा 

माहाकाली नगरपालिकामा एक स्थानियको गोठमा आगलागी हुदा झण्डै २ लाख बराबरको क्षती भएको छ् । माहाकाली नगरपालिका वडा नं. १ भुमीराज टोल निवासी दल बहादुर कठायतको घर नजिकको कच्ची गोठमा आगलागी हुदा झण्डै रु. २ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ् । गएराती अचानक गोठमा आगोलागी हुदा गोठमा रहेको ५ वटा गाई, १ बाच्छी र १ वटा बाख्रा आगोले जलेर मरेको स्थानिबासी ललित भट्टले जानकारी दिएका छन् । गोठमा रहेको गहुँ, भुस लगाएत समान पनि जलेर खरानी भएको उनको भनाई रहेको छ् ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमका अनुसार रातीको समयमा गोठमा आगो लागेको बताएका छन् । रातीको समयमा गोठमा आगोलागी भएको खबर पाएपछि प्रहरीको टोली घट्नास्थलमा पुगी आगो निभाउन थालेको प्रहरी निरिक्षक बमको भनाई रहेको छ् । स्थानिय, नेपाल प्रहरी र माहाकाली नगरपालिका कार्यालयको दमकलको सहायताबाट आगो नियन्त्रणमा लिईएको थियो । आगलागी कसरी भएको बिषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले बताएका छन् । प्रहरी निरिक्षक बम अनुसार गोठमा आगलागीमा झण्डै रु. २ लाख बराबरको चौपाया र धनमालको क्षती भएको छ् ।

 

ताजा समाचार