रमेश न्यौपानेको ह्याटि्रक गोलमा मनाकामना “बि” टिम फाइनल प्रवेश ,अब कैलारी गाउँपालिकाको सामना गर्ने

कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मनकामना युवा क्लब जुगेडाले आयोजना गरेको निसर्ग प्रथम भेट्रान फुटबल प्रतियोगिता-२०७७ को फाइनलमा मनकामना युवा क्लब “बि” र कैलारी गाउँपालिका पुग्न सफल भएका छन् ।
आज शुक्रबार सम्पन्न सेमिफाइनलको पहिलो खेल बोराडाडी युवा क्लब भेट्रान धनगढी र कैलारी गाउँपालिका भेट्रान टिम बिच भएको रोमाञ्चक खेलमा कैलारी गाउँपालिकाले बोराडाँडी लाई १-४ गोलले हराउदै फाइनल पुगेको छ। यसरी आज भएको दोस्रो सेमिफाइनलको खेल हेम कृष्ण रन्जितकारको क्याप्टेन सिपमा रहेको मनकामना युवा क्लब “बि” र धनगढी युवा क्लब भेट्रान टिम बिच भएको प्रतिस्पर्धात्मक खेलमा मनकामना युवा क्लबले ४-१ गोलको फराकिलो अन्तरले धनगढी लाई पाखा लगाउदै आफ्नो फाइनलको यात्रा पक्का गरेको छ। उक्त खेलमा मनकामना टिमको तर्फबाट रमेश न्यौपानेको ह्याटि्रक संगै व्यक्तिगत उनको ४ ले टिमलाई जित संगै फाइनलको बाटो सहज बनेको हो।
भोलि सनिवार प्रतियोगिताको आठौं अर्थात अन्तिम फाइनल खेल सम्पन्न हुने आयोजकले जानकारी दिएको छ। फाइनल खेलमा मनकामना युवा क्लब आयोजक टिम “बि” र कैलारी गाउँपालिका कैलाली प्रतियोगिताको च्याम्पियनका लागि एक आपसमा दिउँसो १ बजे प्रतिस्पर्धा गर्ने छन् । उक्त खेल मनकामना युवा क्लबको आफ्नै खेलमैदान हुने छ।
सम्पन्न हुने फाइनल खेलमा जित हासिल गर्ने टिमले निसर्ग प्रथम भेट्रान फुटबल प्रतियोगिता-२०७७ उपाधी जित्नुका साथै च्याम्पियन बन्ने छ। भोलि एक कार्यक्रमका साथ प्रतियोगिताको समापन गरिने छ। प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल तथा रिसर्च सेन्टर तथा सह–प्रायोजक अभिरुप मोटर्स प्राईभेट लिमिटेड रहेका छन् ।प्रतियोगितामा च्याम्पियन हुने टिमले नगद पुरुस्कार ४० हजार र उपविजेता अर्थात द्धितीय हुने टिमले २० हजार सहित ट्रफी प्रमाणपत्र हात पर्ने छन् ।

ताजा समाचार