निडस नेपालले आयोजना गरेको निबन्ध प्रतियोगिता सप्पन्न ,मर्निङ ग्वालरीका छात्र कलौनी प्रथम

कञ्चनपुर,
निडस नेपालले आयोजना गरेको निबन्ध प्रतियोगितामा मर्निङ ग्वालोरीका छात्र प्रथम भएका छन् ।
लैङ्गकि हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति समाज र सबैको एक्यवद्धता ” भन्ने मुल नाराका साथ लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा निड्स नेपालले आयोजना गरिएको ‘लैङ्गकि समानता अन्तर्गत घरायसी स्याहार सुसार कार्यमा पुरुषको सहभागिता निबन्ध प्रतियोगिताको समापनका साथै पुरस्कार वितरण गरिएको छ।भिमदत्त नगरपालिका अन्तर्गत मंसिर २१ देखि २४ गते सम्म जिमुवा,गड्डाचौकीमा रहेको अमर माध्यमिक विद्यालय,पुर्ण मा बि ऎरि ,महेन्द्रनगर मा.वि साधारण स्कुल र आदर्श विद्या निकेतन महेन्द्रनगर गरि पाँच स्थानमा प्रतियोगिताका लागि केन्द्रको विभाजन गर्दै ‘लैङ्गकि समानता अन्तर्गत घरायसी स्याहार सुसार कार्यमा पुरुषको सहभागिता ‘ भन्ने शिर्षकमा निबन्ध प्रतियोगिताको आयोजना गरिएको थियो। जसमा सामुदायिक र संस्थागत विद्यालयका २८ जना छात्र/छात्रा को सहभागिता रहेको कार्यक्रम संयोजक प्रयाज्ञ राज रेग्मीले बताउनु भो।
जसमा निबन्ध प्रतियोगिताको छनोटका लागि भीमदत्त नगरपालिका अन्तर्गत रहेका बिद्यालयका शिक्षक नवराज पन्त लगायतको निर्णायक टिमको जिम्मेवारीका साथ प्रतियोगिताको नतिजा प्रकाशित गरिएको हो। छनोट गर्दा विभिन्न विषयगत आधारमा नम्बरिङ्ग गरेर २८ जना मध्यमा सामुदायिक र संस्थागतका ५ जनालाई दुई जनालाई सान्त्वना र पहिलो ,दोस्रो र तेस्रो गरि ३ जनालाई छनोट गरिएको निर्णायक मण्डलका शिक्षक नवराज पन्तले बताएका छन।
मर्निङ ग्वलोरी विद्यालयका कक्षा १२ मा व्यवस्थापन संकायमा अध्ययनरत छात्र मनोज दत्त कलौनी निबन्ध प्रतियोगितामा प्रथम ,जानकी कन्या माध्यमिक विद्यालयकि छात्रा रोसनी रानाले दोस्रो स्थान ,बैजनाथा माध्यमिक विद्यालयका छात्र देब लुहारले तेस्रो ,रेडियन्ट स्कुलकि छात्रा हिमान्सी थापाले चौथो र त्रिभुवन माध्यमिक विद्यालयका छात्र भरत राज भट्टले पाँचौ स्थान हासिल गर्न सफल भएका छन् । उनिहरु लाई ब्याग ,प्रमाणपत्र लगायतले निड्स नेपालको सभा हलमा एक कार्यक्रमको आयोजना गरि प्रमुख अतिथि भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरि दत्त जोशिको प्रमुख आतित्थ्यता पुरस्कृतका साथै सभापती निडस नेपालका अध्यक्ष अन्जु जोशी भट्टको सभापतित्वमा भब्यताका साथ कार्यक्रमको सम्पन्न गरिएको छ। कार्यक्रममा संस्थाका सचीव वीर बहादुर सिंह ठकुरी ,संस्थाका पदाधिकारी लगायत विभिन्न विद्यालयका शिक्षकको सहभागिता थियो।प्रतियोगितामा उल्लेखनीय सहभागी भएर लुकेर रहेको क्षमता लाई बाहिर निकाल्दै आज नतिजा हासिल गर्नु ठूलो कुरा नभएको र एउटा आफुमा भएको ज्ञानलाई प्रस्तुत गर्नु भएको मा सम्पुर्ण सहभागी विद्यार्थीहरु लाई अध्यक्ष अन्जु जोशी भट्टले हार्दिक धन्यवाद समेत दिनु भो। हिंसा बाट धेरैले महिला लाई पिडा भएको र अबका दिनमा आएर युवा वर्गले आफैमा सचेत हुनु पर्ने , सबैले आफै आफ्नो घरबाट परिवर्तन ल्याउनु पर्ने र छोराछोरी समान आधार हुन भन्ने विषयमा समेत उनले जोड दिनु भो।महिला हिंसा अन्त्यका लागि विगतका वर्षहरुझै जनचेतनमूलक कार्यक्रमसँगै स्थानीय तहहरुमा विभिन्न पक्षहरुसँग प्रत्यक्ष गतिविधि सँचालन गर्ने योजना रहेको निड्स नेपालको रहेको र यस अभियानले महिला माथि हुने हिंसा न्यूनिकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न विश्वास अभियान्ता संस्थाले लिएको छ । स्थानिय क्षेत्रहरुमा गएर संस्कृतिक रुढीबादी चालचलन मार्फत पनि महिला माथि हिंसा हुने गरेकोले त्यसलाई परिवर्तन गर्न समाजमा रहेका धामी झाँक्रीहरुसँग छलफल तथा उनीहरुलाई तालिम प्रदान गरिने र पछिल्लो समय लोकप्रिय बन्दै गएको सामाजिक संजालमा हयाज ट्रयाग गर्नुका साथ यस्तै, सामाजिक संजालमा निड्सको पेज मार्फत पुरुषले महिलालाई सहयोग गरिरहेको फोटो प्रतियोगीता समेत राखिएको थियो।महिला हिंसा विरुद्ध का अभियान सशक्त रुपमा संचालन भएतापनि सहर तथा गाउँ क्षेत्रमा सुदूर पश्चिममा अझै पनि महिला माथि हुने शारीरिक, मानसिक हिंसाको जालो भने विकराल रुपमा देखापर्दै आएको छ ।
महिला अधिकार स्थापित गर्न र महिला माथि हुने हरेक प्रकारका हिंसा अन्त्य गर्न अहिले सम्मका प्रयासलाई प्रतिफलमा पुर्याउने सबैको प्रयासको खाँचो छ ।

ताजा समाचार