कम्यूनिष्ट सरकारले जनतालाई जमिनको मालिक बनाउँछ ः खानेपानीमन्त्री मगर

 कञ्चनपुर,

संघीय सरकारकी खानेपानीमन्त्री बिना मगरले कम्यूनिष्ट सरकारले नै भूमिहिन जनतालाई जमिनको मालिक बनाईन सरकारले योजना अघि सारेको बताउनुभएको छ । बिहीबार कञ्चनपुर स्थित बेलडाँडी गाँउपालिका प्रशासनिक भवनको उद्घाटन गर्दै मन्त्री मगरले जनतालाई जमिनको मालिक बनाउन सरकारले कार्य अघि बढाएको बताउनुभएको हो ।

मन्त्री मगरले सरकारले भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने तयारी भईरहेको बताईन । ‘हामी कम्यूनिष्टले चुनावका बेला जनतासंग भूमिहिन, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिलाउँछौँ, भनेका थिए, ‘उनले भनिन, ‘अब त्यो कार्य कम्यूनिष्ट नेतृत्वको सरकारले पुरा गर्छ ।’ बषौँदेखि जमिन नभएका, भूमिहिन र भूमि भएर पनि स्वामित्व लिन नसकेका जनतालाई कम्यूनिष्ट नेतृत्वको सरकारले जमिनको मालिक बनाउने बताईन । ‘जनता अब जमिनमा मालिक बन्छन, ‘उनले भनिन, ‘यही सरकारले जनतालाई भूमिको मालिक बनाउँछ ।’ मन्त्री मगरले त्यसका लागि संघीय सरकारले पहिलो चरणमा देशभरीका सय पालिकासंग सम्झौताकोे कार्य अघि बढाईरहेको बताउँदै कञ्चनपुरको बेलडाँडी गाँउपालिका सहितका पालिका त्यसमा समाबेस गरिएको बताईन ।

मन्त्री मगरले कञ्चनपुरको आरक्षपीडितको समस्या पनि कम्यूनिष्ट नेतृत्वकै सरकारले समाधान गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन । ‘हामी आरक्षपीडितकोे समस्यामा जानकार छौँ, ‘उनले भनिन, ‘पटक पटक पीडितसंगै म आफु र वनमन्त्री, भूमिसुधारमन्त्रीले समेत प्रत्यक्ष भेटेरै समस्या बुझेका छौँ ।’ आरक्ष पीडितको समस्या समाधान हुने उनले प्रण गरिन् । मन्त्री मगरले निर्वाचन क्षेत्र सहित कञ्चनपुरको सम्बृद्धि र विकासका लागि प्रतिबद्ध रहेको बताउदै क्षेत्रकोे एकिकृत दिगो विकास र सम्बृद्धिका लागि तीनै सरकारले योजना अघि सारेको बताईन । ‘अब निर्वाचन क्षेत्र नम्बर १ हिलोधुलोमुक्त हुन्छ, ‘मन्त्री मगरले भनिन, ‘यस अघि यस निर्वाचन क्षेत्रमा ग्राभिलिङ्ग समेत देख्न पाईदैन्थ्यो, अब सडक स्तरमा हामी तिनै तह लागि परेका छौँ ।’ मन्त्री मगरले बेलडाँडीको कालिकिच ताल सहितको विकासका लागि योजना अघि सारिरहेको समेत बताउनुभएको छ ।

निर्वाचन क्षेत्रको विकासका लागि योजनाबद्ध ढङगबाट अघि बढ्ने मन्त्री मगरको प्रतिबद्धता रहेकोे छ । मन्त्री मगरले क्षेत्रको समग्र दिगो विकास र सम्बृद्धिका लागि आफु प्रतिबद्ध रहेको बताउनुभएको हो । मन्त्री मगरले आफुले चुनावका बेला जनतासंग गरेका बाचा पुरा गर्ने र गरिरहेको समेत बताईन । ‘हिलो,धुलोयुक्त रहेको निर्वाचन क्षेत्र नम्बर १को समग्र स्तरबृद्धिका लागि संघीय सरकारका तर्फबाट पहल गर्छुू, ‘मन्त्री मगरले भनिन, ‘तीनै तहका सरकारबाट काम भईरहेका छन ।’

ताजा समाचार