कञ्चनपुर ,
सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मनकामना युवा क्लब जुगेडाले आयोजना गरेको निसर्ग प्रथम भेट्रान फुटबल प्रतियोगिता-२०७७ को सेमिफाइनल प्रवेशका लागि रोयल गोर्खा भेट्रान टिम महेन्द्रनगरले आज मनकामना युवा क्लब “बि” को सामना गर्ने छ।
`मंगलबार भएको चौथो दिनको खेलमा रोयल गोर्खा भेट्रान टिमले आफ्नो पहिलो खेल लालझाडी युवा क्लबको सामना गर्दै उक्त खेलमा ४-१ गोलको फराकिलो अन्तरले लालझाडी भेट्रान टिम लाई पाखा लगाउदै आफ्नो क्वाटरफाइनलको यात्रा पक्का बनाएको थियो भने पहिलो हार संगै लालझाडी युवा क्लब प्रतियोगिता बाट बाहिरिएको हो। आज बिहिवार छैटौं दिनमा हुने क्वाटरफाइनलको खेल आयोजक मनकामना युवा क्लब टिम “बि” संग प्रतिस्पर्धात्मक खेल दिउँसो १२ बजे सुरु हुने आयोजकले जानकारी दिएको छ।उक्त खेलमा जित हासिल गर्ने टिमले आफ्नो सेमिफाइनलको यात्रा तय गर्न सफल हुने छ । भने पराजित हुने टिम प्रतियोगिता बाट बाहिर जाने छ।

प्रतियोगिता यहि मंसिर २० गते उद्धघाटन गरिएको थियो भने अब २७ गते सनिवारका दिन भब्यताका साथ निसर्ग प्रथम भेट्रान फुटबल प्रतियोगिता-२०७७ एक कार्यक्रमका साथ समापन हुने छ। प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल तथा रिसर्च सेन्टर तथा सह–प्रायोजक अभिरुप मोटर्स प्राईभेट लिमिटेड रहेका छन् । प्रतियोगितामा च्याम्पियन हुने टिमलाई पुरुस्कार ४० हजार र उपविजेता अर्थात द्धितीय लाई पुरुस्कार २० हजार सहित ट्रफी प्रमाणपत्र प्रदान गरिने छ।