बेलडाँडी गाँउपालिकाको नवनिर्मित अपाङ्गता मैत्रीपूर्ण प्रशासनिक भवन मन्त्री मगरद्वारा आज उद्धघाटन

कञ्चनपुर,
कञ्चनपुर जिल्लाको ग्रामीण क्षेत्रमा नवनिर्मित अपाङ्गता मैत्रीपूर्ण पालिकाको प्रशासनिक भवनको उद्धघाटनका लागि संघीय खानेपानी मन्त्री बिना मगर आज बिहिबार गृहनगर आउदैछिन । निर्वाचन क्षेत्र नम्बर १ अन्र्तरगत बेलडाँडी गाँउपालिका नवनिर्मित अपाङ्गता मैत्रीपूर्ण प्रशासनिक भवन उद्घाटनका लागि मन्त्री मगर गृह नगरी आउन लागेकी हुन् ।मन्त्रीका स्वकीय सचिव दिपक तिम्लिसिनाले बेलडाँडी गाँउपालिका भवन उद्घाटनका साथै स्थानीय नेता कार्यकर्ता , विभिन्न विकास निर्माणका कामको अनुगमन एव जनतासंग छलफलका लागि गृहनगर आउने कार्यक्रम रहेको बताए ।बेलडाँडी गाँउपालिका अध्यक्ष धन बहादुर थापाले सो निर्वाचन क्षेत्रबाट प्रतिनिधी सभा क्षेत्रमा निर्वाचित खानेपानी मन्त्रीबाटै भवन उद्घाटन गराउने कार्यक्रम रहेको बताए । ‘हामीले यस क्षेत्रकी संघीय जनप्रतिनिधी एव खानेपानीमन्त्री ज्यूबाट भवन उद्घाटन गर्न खोजेका थियौँ, ‘गाउँप्रमुख थापाले भने, ‘केही समय व्यस्थताका कारण भएन, अब बिहीबार गरिरहेका छौँ ।’
भवन उद्घाटनको तयारी पुरा भएको बताउदै गाँउप्रमुख थापाले उद्घाटन कार्यक्रम भव्य ऐतिहासिक बनाईने बताए ।
तत्तकालिन बेलडाँडी गाविस नगरपालिकामा परिणत हुँदा चार तले लिप्ट सहितको प्रशासनिक भवन निर्माण कार्य शुरु भएको थियो । भवन निर्माण सम्पन्न संगै बिहीबारदेखि औपचारिक उद्घाटन हुन लागेको हो । चिटिक्क देख्नमा समेत आकर्षक भवन निर्माणसंगै गाँउपालिकाको प्रशासनिक कार्य सहज हुने भएको छ ।नेकपा केन्द्रीय सदस्य समेत रहेकी खानेपानीमन्त्री बिना मगरलाई सत्तारुढ दल नेकपाले समेत मन्त्रीको स्वागत गर्ने भएको छ । नेकपा बेलडाँडीका इन्चार्ज अक्कल बहादुर विष्टले आफ्नो निर्वाचन क्षेत्रकी मन्त्री बिना मगरको पार्टीका तर्फबाट स्वागत एव छलफल गरिने निर्णय भएको बताए । यस अघि यही महिनाको दोस्रो साता गृहनगर आएकी खानेपानीमन्त्रीले लालझाडी र पुनर्वास नगरमा अस्पतालको शिलान्यास कार्यक्रममा सरिक भएकी थिईन ।नेकपा क्षेत्र नम्बर १ को बैठक, नेता कार्यकर्तासंग भेटघाट एव छललफल, निर्वाचन क्षेत्रका विभिन्न विकास निर्माणका योजनाको अनुगमन गरेकी थिईन् । पहिलो पटक निर्वाचन क्षेत्र नम्बर १बाट महिला उम्मेदवार निर्वाचितसंगै सो क्षेत्रको विकास निर्माणले गति लिएको भन्दै स्थानीयले मन्त्री मगरको प्रसंसा गरिरहेका छन । अन्यले सो निर्वाचन क्षेत्रबाट निर्वाचन जितेर जनतालाई कोरा गफका साथै खाली आवश्वासन मात्रै दिएको र मन्त्रीले दिगो विकास निर्माणका योजना अघि सारेको जनताले आभास गरिरहेका छन ।
खानेपानी मन्त्रीले चुनावमा जनतासंग गरेका बाचा अनुरुप काम गर्दै जाने समेत प्रतिबद्धता जाहेर गर्दै आएकी छिन । मन्त्री मगरले सो निर्वाचन क्षेत्र, जिल्ला, सुप प्रदेशको सिङ्गो एकिकृत विकास र सम्बृद्धिका योजना प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँदै आएकी छिन ।

ताजा समाचार