झिलमिला भूमिगत सिँचाई शुभारम्भ

 कञ्चनपुर,
 कञ्चनपुरको भीमदत्त नगरपालिका १० मा झिलमिला भूमिगत सिँचाईको शुभराम्भ गरिएकोछ ।
सुदूरपश्चिम प्रदेश सरकारबाट संचालित उक्त योजनाको प्रतिनिधी सभा सदस्य डा. दिपक प्रकास भट्ट, सुप प्रदेशका पुर्वराज्यमन्त्री तथा प्रदेश सभा सदस्य प्रकास रावल, भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले योजनाको शुभारम्भ गरेका हुन् ।
सुप प्रदेशका पुर्वराज्यमन्त्री तथा प्रदेश सभा सदस्य प्रकास रावलका स्वकीय सचिव ईन्द्र सिह ठगुन्नाले चुनावका बेला जनतासंग गरेका बाचा अनुरुप प्रदेश सरकारबाट उक्त योजना लागु भएको बताए ।
उक्त योजना लागु भए सो क्षेत्रका किसानलाई सिँचाई सुविधा हुने कृषि उत्पादनमा बृद्धि हुनेछ ।प्रतिनिधी सभा सदस्य डा. दिपक प्रकास भट्ट, सुप प्रदेशका पुर्वराज्यमन्त्री तथा प्रदेश सभा सदस्य प्रकास रावल, भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले जनताको चाहना, कृषिको विकासका साथै थप विकासमा प्रतिबद्धता जाहेर गरेका छन् ।

ताजा समाचार