स्टार सिटि लाई हराउदै धनगढी युवा क्लब सेमिफाइनल प्रवेश

निसर्ग प्रथम भेट्रान फुटबल प्रतियोगिताको -२०७७ को भोलि सेमिफाइनल प्रवेशका लागि रोयल गोर्खा र मनकामना "बि" भिड्ने

कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मनकामना युवा क्लब जुगेडाले आयोजना गरेको निसर्ग प्रथम भेट्रान फुटबल प्रतियोगिता-२०७७ मा स्टार सिटि भेट्रान टिमलाई हराउदै धनगढी युवा क्लबले आफ्नो सेमिफाइनलको यात्रा पक्का बनाएको छ।बुधबार भएको पाचौं दिनको खेल स्टार सिटि धनगढी र धनगढी युवा क्लब भेट्रान टिम बिच भएको प्रतिस्पर्धात्मक रोमाञ्चक खेलमा धनगढी युवा क्लब धनगढी -८ भेट्रान टिमले स्टार सिटि लाई १-४ गोलको अन्तरले हराउदै प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको आयोजकले जानकारी दिएको छ।
भोलि बिहिवार हुने छैटौं दिनको खेल सेमिफाइनल प्रवेशको लागि रोयल गोर्खा भेट्रान महेन्द्रनगर र आयोजक मनकामना युवा क्लब टिम “बि” बिच दिउँसो १२ बजे एक आपसमा प्रतिस्पर्धा गर्ने छन् ।भने प्रतियोगिताको फाइनल मंसिर २७ गते सनिवारका दिन हुने छ।

ताजा समाचार