छुट मुक्त हलिया पुर्नस्थापनामा जोड

 

खडक कोली /कञ्चनपुर

कञ्चनपुरका छुट मुक्त हलियाले पुर्नस्थापनामा जोडदिएका छन । मंगलबार महेन्द्रनगरमा सम्पन्न भएको छुट मुक्त हलिया छलफल कार्यक्रममा कञ्चनपुरका छुट मुक्त हलियाले पूर्नस्थापनमा जोडदिएका हुन् ।

उनीहरुले गैर मुक्त हलिया हावि हुँदा वास्तविक मुक्त हलियाले अझैपनि परिचय पत्र नपाएको, पूर्नस्थापना हुन बाँकी रहेको दुखेसो पोखेका छन् । छुट मुक्त हलिया समुह कञ्चनपुरकी अध्यक्ष हरिना ओडले घरजग्गा भएका हलियाको मुक्त पूर्नस्थापना भएको बताउदै नभएकाको विचल्ली भएको बताईन् ।

छुट मुक्त हलियाका कञ्चनपुरमा रहेका एघार समुह मा आवद्ध रहेका सदस्यहरू लाई आत्मनिर्भर बनाउनको लागि जमिन लिजमा लिएर उपलब्ध गराई कृषिमा उत्पादनमा जोड दिने उद्देश्यका साथ गरिबीका रेखामुनि रहेका सबै वर्गलाई स्वरोजगार बनाउनुका साथै सिलाईकटाईका लागि समेत मसिन उपलब्ध गराउनमा नयाँ पाटी नेपाले विशेष भुमिका रहने उक्त पाटिका सचीव कृष्ण लुहारले बताएका छन् ।

छुट मुक्त हलिया समुह कञ्चनपुरका सचिव कृष्ण नेपालीले मुक्त हलियाको बेहाल भएको भन्दै पूर्नस्थापनाका लागि नयाँ पार्टी नेपालले पहल गरिदिनुपर्नेमा जोडदिए । उनले मुक्त हलियालाई विभिन्न लघु उद्यम एव विकासमा कार्यक्रममा सरिक गर्नुपर्नेमा समेत जोडदिए । नयाँ पार्टी नेपालका अध्यक्ष राम शरण पाण्डेले भूमिहिन, मुक्त हलिया कमैयाको पूर्नस्थापनका लागि पार्टीका तर्फबाट पहल गरिने बताए ।

ताजा समाचार